२६ जेष्ठ २०८०, शुक्रवार

जापानमा अपराधका घटनामा न्यूनता

२०७७,माघ,२२,बिहीवार २१:३०

0
Shares

काठमाडौँ– सन् २०२० मा जापानमा अपराधका घटनामा लगातार छैटौं वर्षसम्म गिरावट देखिएको प्रहरीद्वारा गरिएको एक अध्ययनले देखाएको छ ।

कोभिड–१९ को महामारीको क्रममा धेरै मानिसहरू घरमा बसिरहेका सन्दर्भमा विशेष गरी सडक अपराधमा उल्लेख्य न्यूनता आएको राष्ट्रिय प्रहरी मुख्यालय (एनपीए) ले बिहीबार सार्वजनिक एक रिपोर्ट मा उल्लेख छ । एनपीएको पछिल्लो तथ्याङ्कले घरेलु हिंसा र साइबर अपराधसँग सम्बन्धित परामर्श संख्याको विवरण अध्ययनको अवधिमा उच्च रहेको देखाएको छ ।

जापानमा सन् २०२० मा सम्पूर्ण खालका अपराधको सङ्ख्यामा सन् २०१९ को तुलनामा १७ प्रतिशतको गिरावट देखिएको एनपीएको तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा जापानमा कूल छ लाख १४ हजार ३०३ घटना दर्ता भएका जापानी प्रहरीले बताएको छ ।

तथ्याङ्क अनुसार जापानमा सन् २००२ मा अपराधका घटनामा दोस्रो विश्वयुद्धपछि उच्च सङ्ख्या अर्थात् २८ लाख ५३ हजार ७३९ घटना रेकर्ड भएका थिए । जापानमा महामारीका कारण सामाजिक गतिविधिमा आएको कमी पनि अपराधका सङ्ख्या कम हुनुको प्रमुख कारण हुनसक्ने पनि बताइएको छ ।

अपराध कमी हुनुमा महामारीका समय घर र निश्चित समाजमा सीमित बनेका मानिसहरूबीच भएका कतिपय घटनाहरू लुकेको हुनसक्ने र ती घटना महामारीका समय पीडितहरूसँग परामर्श गर्नका लागि भएका कठिनाईका कारण लुकेको हुनसक्ने सरकारी तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार २१:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेरिस । फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले

टेक्सास । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा २१ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१