डिशहोममा ‘चम्सुरीसँग चिया गफ’ प्रशारण हुने

काठमाडौं– डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा हरेक शुक्रवार साँझ ७ः३० बजे ‘चम्सुरीसगँ चिया गफ’ प्रशारण हुने भएको छ ।

विगत १५ बर्षदेखि चम्सुरी उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।

बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुने यस  कार्यक्रमको पहिलो भाग भोलि शुक्रवार प्रशारण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?