१४ जेष्ठ २०८०, आईतवार

२४ घण्टामा थपिए १७१ कोरोना संक्रमित

२०७७,माघ,२२,बिहीवार २०:१०

0
Shares

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ११२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ६०२ पुगेको छ ।

त्यस्तै पछिल्लो समय थप २२७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार २९२ पुगेको छ । अहिले देशभर दुई हजार २७७ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा रहेका छन् । दुई हजार २७७ जना आइसोलेशनमा छन् ।

हालसम्म नेपालमा २० लाख ८५ हजार ५७३ को पिसिआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये ६१ जनाको आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । थप दुईको मृत्यु नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार २०:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ । नागरिक अगुवाहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेलमाथि दवाव बढाएका छन् । नागरिक अगुवाहरु साध्यबहादुर, भण्डारी, डा

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०