काठमाडौं । नेपालमा अहिलेसम्म कुल १ लाख ५८ हजार ४८७ जना मानिसले कोरोना विरुद्धको खोप लगाउका छन् ।
स्वास्थ्य मन्त्रालयले निकालेको एक विज्ञप्तिका अनुसार नेपालमा आज बेलुका ४ बजेसम्मको तथ्यांककाअनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख ५८ हजार ४८७ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका हुन् ।
जसमध्ये प्रदेश १ मा २१ हजार ७५४, प्रदेश २ मा २१ हजार १८५, वागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकीमा १७ हजार २६७, लुम्बिनमिा २३ हजार ७९८, कर्णालीमा ८,७२ र सुदूपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले भ्याक्सिन लगाएका छन् ।

त्यस्तै मन्त्रालयका अनुसार पहिलो चरणको खोप अभियान २०७७ माघ २४ गते शनिवारसम्म चल्ने र सूचना प्रणाली (आईएमयू)मा दर्ता नभएका कारण खोपसेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नसिंग काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र फोटोसहतिको परिचय पत्र लिइ आएमा सम्बन्धित खोप केनद्रले खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया