२८ जेष्ठ २०८०, आईतवार

लक्ष्य भेट्टाउन नसकेपछि धान खरिद कार्य जारी

२०७७,माघ,२२,बिहीवार १३:२०

0
Shares

पर्सा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा धान खरीदको लक्ष्य भेट्टाउन नसकेपछि धान खरीद कार्य जारी राखेको छ ।

सङ्घीय सरकारले सो कार्यालयलाई चालू आर्थिक वर्षमा सोना मन्सुली धान ३० हजार क्वीन्टल र जिरा मसिनो धान पाँच हजार क्वीन्टल खरीद गर्न लक्ष्य दिएकोमा माघको तेस्रो सातासम्म ६ करोड ३७ लाख ५९ हजार ७९८ मूल्य बराबरको २२ हजार १.४५ क्वीन्टल सोना मन्सुली र तीन लाख चार हजार ५०० मूल्य बराबरको १०५ क्वीन्टल जिरा मसीनो धान खरीद गरेको सो कार्यालयले जनाएको छ । प्रतिशतको हिसाबले हेर्ने हो भने हालसम्म सोना मन्सुली धान ७४ प्रतिशत र जिरामसिनो धान २.८ प्रतिशत खरीद गरिएको छ । तोकिएको लक्ष्य प्राप्ति नहुञ्जेलसम्म धान खरीद गर्ने सो कार्यालयका शाखा प्रमुख विकास कटुवालले बताए। कार्यालयले अहिले सोना मन्सुली धान प्रति क्वीन्टल दुई हजार ८८५ रुपैयाँ र जिरामसिनो धान प्रति क्वीन्टल दुई हजार ९०० रुपैयामा खरीद गर्दै आएको छ ।

सोना मन्सुली धान खरीदमा लक्ष्य प्राप्ति हुन सकेपनि जिरामसिनो धान कम उत्पादन भएकोले लक्ष्य भने प्राप्ति हुन नसक्ने सो कार्यालयले जनाएको छ । कार्यालयले मध्यमवर्गीय किसानको धान मात्र खरीद गर्ने गरेको छ । साना किसानले उत्पादन गरेको धान वर्षभरि आफूले खानको लागि राख्ने गरेको र बढी भएको धान मात्र कार्यालयलाई बेच्न आउने गरेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए ।

जबसम्म प्रधान कार्यालयले धान खरीद गर्न निर्देशन नदिएसम्म सो कार्यालयले धान खरीद गर्ने कार्यलाई जारी राख्ने छन् । शुरुमा दैनिक एक हजार क्वीन्टलसम्म धान खरीद हुँदै आएकोमा अब किसान पातलिँदै गएकाले दैनिक ५०० क्वीन्टल मात्र धान खरीद हुने गरेको सो कार्यालय जनाएको छ ।

निजी गल्ला व्यापारी भन्दा सरकारीस्तरमा सोना मन्सुली धान साढे ६ प्रतिशत र जिरामसिनो धान साढे ६ प्रतिशत बढी मूल्यमा खरीद गर्ने गरेकाले पर्सा, बाराका किसान धान बेच्न संस्थानतर्फ आकर्षित भएका छन् । अघिल्लो वर्षको बाँकी रहेको संस्थानसँग सोना मन्सुली चामल १७२ दशमलव ५५ क्वीन्टल र स्टीम जिरामसिनो चामल ९९ क्वीनटल १० केजी मौज्दात अवस्थामा रहेको छ ।

संस्थानले उत्पादन गरेको चामल प्रदेश २ को वीरगञ्ज, रौतहट, हेटौँडा र चितवन कारागारमा पठाउँदै आएको छ भने बाँकी चामल माग अनुसार नेपालगञ्ज, धनगढी, सुर्खेत, पोखरा, काठमाडौं, दाङ, भैरहवाको कार्यालयमा पठाउने गरेको र त्यहाँबाट सो चामल सुदूरपहाडी क्षेत्रमा जाने गरेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १३:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०