जम्मू-कश्मीरमा फायरिङ : सेनाका एक जवानको निधन

काठमाडौं । बुधवार भारत पाकिस्तानको सीमावर्ती क्षेत्र जम्मू कश्मीरमा फायरीङ भएको छ । जसमा सेनाका एक जवानको निधन भएको बताइएको छ ।

न्यूज एजेन्सीले बुधवार राती यसको जानकारी दिएको हो ।

पाकिस्तानले रिजौरी जिल्लाको सुन्दरबनी क्षेत्रमा मोर्टारबाट गोली चलाएको बताइएको छ ।

यसमा जवान लक्ष्मण गम्भीर रुपमा घाइते भएको र पछि उनको निधन भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?