१४ जेष्ठ २०८०, आईतवार

उद्यमी बन्दै डडेल्धुराका कैनी समुदाय

२०७७,माघ,२२,बिहीवार १२:५८

0
Shares

डडेल्धुरा । डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–७ तिलाडीका कैनी दलित समुदाय उद्यमी बन्दै गएका छन् । परम्परागतरूपमा बनाइँदै आएका बाँसबेतका सामग्रीको बजारमा माग बढ्न थालेपछि पोखरा तिलाडीका करिब २०० परिवार अहिले व्यावसायिक रुपमा सो पेशा लागेका हुन् ।

युवादेखि वृद्धवृदा अहिले बाँस निँगालो र बेतबाट दैनिक र्‍याक, दराज, कुर्सी, चुरा राख्ने स्ट्याण्ड , चुरेटदानी तथा धार्मिकस्थलजस्तै बस्तु निर्माण गरेका हुन् । ती सामग्री जिल्लाबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङसम्म बिक्रीवितरण गरिरहेका छन् ।

अहिले गैरदलित समुदायसमेत बाँसबेतका सामग्री बनाउने पेशामा लागेको पोखरा–७ (तिलाडी) का रमेश कैनीले जानकारी दिए । उनले भने, “यो पेशामा लागेको २० वर्ष भयो मासिक १५ देखि २० हजार यसै पेशाबाट कमाएको छु ।”

पहिले महाभारतको लेकबाट निँगालो र बेत ल्याउने गरेको भए पनि केही समययता सामुदायिक वनले रोक लगाएपछि बझाङबाट कच्चा पदार्थ किनेर ल्याउने गरेको उनले बताए । अमरगढी नगरपालिका–७ का ती समुदायले आफ्नै गाउँमा जनकल्याण सहकारी संस्था लिमिटेड दर्ता गरेर व्यवसाय सञ्चालन गरिहेका छन् । पोखरा तिलाडीगाउँमा १०० दलित परिवार रहेका छन् । उनीहरु अहिले सहकारीमा आवद्ध भई सामूहिकरूपमा सामग्री निर्माण गरी बिक्री वितरण गर्ने गरिरहेका छन् ।

सहकारी निर्माण गरेपछि बैंकबाट ऋण लिन पनि सजिलो भएको सिर्जनशील सहकारीका अध्यक्ष प्रेम कैनीले बताए । सामग्री बिक्रीपछि केही पैसा सहकारीमा राख्ने गरेको समेत उनले जानकारी दिए ।

आधुनिकता बढेसँगै निँगालो बाँसको काम गर्नका लागि आधुनिक उपकरण अभाव रहेको बताइएको छ । अध्यक्ष कैनीले भने “मागअनुसार सामग्री बनाउन समस्या छ । यसका लागि हामीलाई कुनै निकायबाट सहयोगको खाँचो छ । ” डडेल्धुरा जिल्लाभन्दा बाहिरी जिल्लामा बाँसबाट बनाइएका सामग्रीको माग बढी रहेको भए पनि यातायात भाडादर महङ्गो भएकाले लैजान समस्या रहेको छ ।

स्थानीयस्तरमा बनाइने सामग्री अहिलेसम्म पुरानै प्रविधिबाट काम गरिरहेकाले अब व्यावसायिकरूपमा अगाडि बढ्नका लागि नयाँ प्रविधि, ज्ञान सीप सिकाइ सहयोग आवश्यकता रहेको स्थानीय राजु कैनीले बताए । परम्परागत सीपलाई परिमार्जन गरी लक्षित समुदायसम्म पुर्‍याउनसके व्यवसाय व्यावसायिकरूपमा अगाडि बढ्न सक्ने स्थानीयवासीको भनाइ छ ।

नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले कैनी समुदायका पेशा आधुनिकीरण गर्न तालिम तथा सहकारीलाई दुई लाखको बीउ पूँजी सहयोग गरिएको जानकारी दिए।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १२:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौँडा । १६ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । आज बुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

गण्डकी । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे)

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
 २०८०,जेष्ठ,१४,आईतवार ०७:३९