खर्चका लागि साथीसँग ऋण लिने अवस्थाबाट खर्बौंको यात्रासम्म कसरी पुगे एलन मस्क ?

ड्राइभरविना कुद्ने गाडी बनाउने देखि चन्द्रमामा बस्ती बसाउने मस्कको सपना

काठमाडौं – स्पेस एक्सका संस्थापक तथा टेस्लाका सीईओ केही दिनका लागि विश्वकै धनाढ्य व्यक्ति बने । उनको कूल सम्पत्ति १८५ बिलियन अमेरिकी डलर भन्दा बढी पुगेको छ ।

मस्कको कम्पनीको शेयर ह्वात्तै बढेको थियो । जसले उनलाई विश्वकै धनाढ्य व्यक्तिको सूचीमा पहिलो नम्बरमा पु-यायो । सन् २०१७ देखि विश्वकै धनी व्यक्तिका रुपमा रहेका अनलाइन सपिङ प्लेटफर्म ‘अमेजन’का संस्थापक जेफ बेजोसलाई पछाडि छाड्दै मस्कले सूचीमा आफ्नो नाम पहिलो नम्बरमा स्थापित गरेका थिए ।

मस्कको विद्युतीय कार कम्पनी टेस्लाले यो वर्ष आफ्नो मार्केट भ्यालूमा निकै वृद्धि गरेको छ । यही महिना पहिलो पटक यसको मूल्य ७ सय बिलियन डलरसम्म पुगेको थियो । जुन टोयोटा, फकस्वेगन, ह्युंदै, जीएम र फर्ड जस्ता गाडीहरुको मूल्य भन्दा धरै हो ।

अमेरिकाका कैयौं आर्थिक विश्लेषकहरुले लेखेका छन्, ‘अमेरिकामा सत्ता बदलिएकाले एलन मस्कको कम्पनीको भविष्य झन् सुध्रिने छ । विश्लेषकहरुका अनुसार अमेरिकाको सत्तामा ‘डेमोक्रेट्स’ आएकाले मस्कको विद्युतीय गाडीको व्यापार झन् बढ्छ । किनकी जो बाइडेनको पार्टीले आफ्नो चुनावी अभियानमा ‘ग्रीन एजेण्डा’(वातावरणमैत्री मुद्दा)लाई प्राथमिकता दिने प्रतिवद्धता गरेको थियो ।

को हुन् एलन मस्क र केके गर्छन् ?

एलन मस्कको कामको दायरा विद्युतीय कारको निर्माणमा मात्र सीमित छैन । उनको कम्पनी टेस्लाले विद्युतीय गाडीमा प्रयोग हुने पूर्जा र ब्याट्री पनि आफै बनाउँछ । जसलाई अन्य कार निर्माण गर्ने कम्पनीहरुलाई बेचिन्छ । उनको कम्पनीले घरमा लगाइने ‘सोलर एनर्जी सिस्टम’ पनि बनाउँछ जसको माग समयसँगै बढ्दै गइरहेको छ ।

मस्कले एक अन्तरिक्ष अन्वेषण कम्पनी पनि सञ्चालन गर्दै आएका छन् । साथै उनले ‘सुपर फास्ट अडरग्राउन्ड ट्रान्सपोर्ट सिस्टम’को खाका पनि तयार पारिरहेका छन् । उनको परिचय अमेरिकी उद्यमी भएतापनि उनको जन्म खासमा दक्षिण अफ्रिकामा भएको थियो । उनकी आमा क्यानाडाकी हुन् भने बुबा दक्षिण अफ्रिकाका । मस्कका अनुसार उनलाई सानैदेखि किताब पढ्ने बडो सोख थियो ।

उनी भन्छन्, ‘बाल्यकालमा म निकै शान्त स्वभावको थिएँ, यही कारणले गर्दा मलाई सानोमा निकै दुख पनि दिइन्थ्यो ।’

१० वर्षको उमेरमा एलन मस्कले कम्प्यूटर प्रोगामिङ सिके र १२ वर्षको हुँदा ‘ब्लास्टर’ नामक भिडियो गेम तयार पारे । जसलाई उनले स्थानीय म्यागजिनलाई ५ सय डलरमा बेचे । यसलाई मस्कको पहिलो ‘व्यापारिक उपलब्धि’ भन्नु गलत नहोला ।

४९ वर्षका एलन मस्कको बिजनेस यात्राको शुरुवात सन् १९९९ मा भयो जब उनले र उनका भाइ किंबलले आफ्नो पहिलो सफ्टवेयर कम्पनी ‘जिप २’का लागि एक सफल डील हात पारे । यसबाट प्राप्त पैसालाई २७ वर्षीय मस्कले एउटा नयाँ कम्पनीमा लगानी गरे जसको नाम थियो ‘एक्स डट कम’ । र, यस कम्पनीको दाबी यो थियो कि ‘यसले पैसा पठाउने व्यवस्थामा ठूलो क्रान्ति ल्याउनेछ’ । मस्कको सोही कम्पनीलाई अहिले पे–पलको नामले चिनिन्छ । जसलाई सन् २००२ मा इबेयले खरिद ग-यो । यसवापत् मस्कले १६५ मिलियन डलर पाएका थिए । यो उनको करियरको ठूलो उपलब्धि थियो ।

यसपश्चात् उनले अन्तरिक्षको अन्वेषणमा काम गर्न शुरु गरे । उनको यही परियोजनालाई ‘एक्स स्पेस’ नाम दिइयो । जसको अनुसार आउने दिनहरुमा मानिस पृथ्वी वाहेक अन्य ग्रहमा पनि बस्न सक्छन् ।

सन् २००४ मा एलन मस्कले विद्युतीय कार कम्पनी टेस्लाको जग बसाए र भने, ‘भविष्यमा सबैथोक विद्युतीय हुनेछ, अन्तरिक्षमा जाने रकेट पनि र टेस्लाले यो परिवर्तन ल्याउनमा भूमिका निर्वाह गर्नेछ ।

मस्कको सफलताको राज के हो ?

एलन मस्क आफू सफल हुनुको मूख्य कारण आफ्नो कामप्रतिको मनोवृत्ति अर्थात् आफूले कामलाई हेर्ने नजरिया रहेको बताउँछन् ।
केही वर्ष पहिले पत्रकारहरुसँगको साक्षात्कारमा मस्कले भनेका थिए, ‘मलाई थाहा छैन कि मसँग कति सम्पत्ति छ । मसँग पैसाको बिटा भएको होइन । टेस्ला, स्पेस एक्स र सोलर सिटीमा मेरो हिस्सेदारी छ र बजारमा त्यस हिस्सेदारीको केही मूल्य छ । तर मलाई यस्तो कुराले फरक पर्दैन किनकी मेरो काम गर्ने लक्ष्य यस्ता कुरा भन्दा फरक छ ।’

मस्क मंगल ग्रहमा एउटा बेस बनाउनमा आफ्नो सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा लगानी गर्न चाहान्छन् । र यस लक्ष्यलाई पूरा गर्न आफ्नो सम्पूर्ण पूँजी नै लगानी गर्नुप¥यो भने पनि उनलाई खासै आश्चर्य लाग्ने छैन ।

उनी भन्छन्, ‘मैले स्पेस एक्स कम्पनी यही कारणले स्थापना गरेको हो कि अमेरिकी स्पेस एजेन्सी अन्तरिक्ष अन्वेषणलाई लिएर महत्वकांक्षी किन छैन, यसले भविष्यको बारेमा किन सोच्न सकेको छैन ? म चाहान्छु कि भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव बेस होस् र त्यहाँ आउन÷जान निरन्तर फ्लाइट चलोस् ।’

‘मलाई इन्जिनियरका रुपमा चिनिओस्’

मस्क चाहान्छन् कि मानिसहरुले उनलाई लगानीकर्ता वा उद्योगपति भन्दा पनि इन्जिनियरका रुपमा चिनुन् । एक कार्यक्रममा उनले भनेका थिए, ‘म हरेक बिहान कुनै समस्याको नयाँ हल खोज्नका लागि उठ्न चाहान्छु । बैंकमा भएको पैसालाई म सफलताको सूचक मान्दिनँ ।’

मस्क कार उद्योगमा क्रान्तिकारी बदलाव ल्याउन चाहान्छन् । उनी मंगल ग्रहमा कोलोनी बनाउन चाहान्छन् । भ्याकूम टनेलमा चल्ने खालका सूपर फास्ट रेल निर्माण गर्न चाहान्छन् । मानिसको मस्तिष्कसँग एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सलाई जोड्न चाहान्छन् । अनि सौर्य उर्जाबाट विश्व चलाउन चाहान्छन् ।

यी सबै कुराहरुमा एउटा मे समानता छ भने यस्तो भविष्यको परिकल्पना १९८० को दशकमा पाइने बालबालिकाको पत्रिकाहरुमा पाइन्थ्यो । र, मस्कको बाल्यकाल दक्षिण अफ्रिकामा कैयौं पत्रिका तथा किताबहरु पढेर र फिल्म हेरेर बितेको थियो ।

मस्क बदलावको सूस्त गतीमा विश्वास राख्दैनन् । उनी चाँडो भन्दा चाँडो पेट्रोलियम इन्धनको सट्टा सौर्य इन्धनको प्रयोग अभिवृद्धि गर्न चाहान्छन् । मानव अस्तित्वलाई लामो समयसम्म विश्वमा टिकाइराख्नका लागि मंगल ग्रहमा उपनिवेश निर्माण गर्न चाहान्छन् ।

जोखिम उठाउने आदत

एलन मस्क जोखिम उठाउने खालका व्यक्ति हुन् र उनले यो कुरा प्रमाणित पनि गरेका छन् । सन् २००८ मा जब विश्व आर्थिक मन्दीसँग जुधिरहेको थियो मस्क पनि त्यसबाट धेरै प्रभावित भए । त्यसवेला उनका नयाँ कम्पनीहरुले कैयौं असफलता भोगे । स्पेस एक्सका पहिला तीन प्रक्षेपणहरु समेत असफल भए । टेस्लामा पनि उत्पादनसँग सम्बन्धित कैयौं वाधाअड्चन आइरहे जसले मस्कलाई रनभुल्लमा पा-यो ।

एक अन्तर्वार्तामा उनले भनेका छन् कि एकताका उनको जीवनमा यस्तोसम्म समय आएको थियो कि आफ्नो खर्चका लागि पनि उनी साथीहरुसँग उधारो लिने गर्थे ।

यस्तो अवस्थासम्म आइपुग्दा के उनलाई कङ्गाल हुने डर थिएन ? यस प्रश्नको जवाफ एक अन्तर्वार्तामा दिएका थिए मस्कले । उनले भनेका थिए, ‘धेरै भन्दा धेरै के हुन्थ्यो र ? मेरा छोराछोरीले सरकारी स्कूल जानुपथ्र्यो । यसमा समस्या नै थिएन किनकी म आफै पनि सरकारी स्कूलमा पढेको हुँ ।’

मस्क एउटा कुरादेखि चाहिँ अत्यन्तै निराश हुन्छन् । त्यो हो– आलोचना । आलोचना गर्न कुनै आधार हुनुपर्छ भन्ने उनको मान्यता हो तर, विनाकारण मानिसहरु टेस्लाको बर्बादी चाहने भएकाले उनी यस्तो प्रवृत्तिको निन्दा गर्छन् । यद्यपि यस्ता आलोचनाहरु सुनेर आफ्नो लक्ष्य नबदल्ने उनी बताउँछन् । उनका अनुसार स्पेस एक्स र टेस्ला स्थापना गर्दा उनी आफैलाई पनि यसबाट यत्रो पैसा कमाइन्छ भन्ने अनुमान नै थिएन ।

कामको नशा…

एलन मस्कलाई नजिकबाट चिन्नेहरु अक्सर भन्ने गर्छन् कि उनलाई काम गर्ने नशा छ । टेस्ला मोडल ३ तयार गर्दैगर्दा उनले भनेका थिए कि उनी हप्ताको १२० घण्टा काम गर्छन् र त्यसो गर्दा उनलाई मजा आउँछ ।

कोरोना महामारीका दौरान जब सेन फ्रान्सिस्कोस्थित उनको कारखाना बन्द गर्नुपर्ने अवस्था आएको थियो तब मस्कले खुलेरै लकडाउनको विरोध गरेका थिए । उनले भनेका थिए, ‘जो मानिस महामारीको हौवा फैलाइरहेका छन् उनीहरु मूर्ख हुन् ।’ उनले घरमै बस्ने आदेशलाई ‘जबरजस्ती’ भएको बताउँदै भने, ‘लकडाउन हाम्रो संवैधानिक अधिकारको खिलाफ छ ।’

महामारीकै दौरान एलन मस्कलाई पुत्रलाभ भयो । उनले आफ्नो छोराको नाम ह् ” ब्(ज्ञद्द राखेको कुरा ट्वीटरको माध्यमबाट दुनियालाई सुनाए ।
केही व्यक्तिहरु भन्छन् कि एलन मस्कको मनलाई पढ्न सकिँदैन र उनको व्यवहारको पूर्वानुमान गर्न मुस्किल छ । यद्यपि यसको असर उनको काममा भने देखिँदैन ।

एक सफल उद्यमी मात्र नभएर उनी एक दूरदर्शी व्यक्ति पनि हुन् ।

सन् २०२० को सेप्टेम्बरमा उनले छिट्टै आफ्ना कम्पनीका सम्पूर्ण कारहरु ‘सेल्फ ड्राइभिङ’ किसिमको हुने घोषणा गरिसकेका छन् । आगामी ३ वर्षभित्रमा सस्तो विद्युतीय कार बजारमा ल्याउने उनको उद्देश्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?