२६ जेष्ठ २०८०, शुक्रवार

८० हजार धरौटीमा रिहा भए वडाध्यक्ष पुन

२०७७,माघ,२२,बिहीवार ११:४०

0
Shares

बागलुङ । जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई ८० हजार धरौटीमा रिहा गरेको छ ।

ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीयवासी लालबहादुर विक र श्यामबहादुर विकले पुन विरुद्ध जाहेरी दिएका थिए । जाहेरीमा उनीहरुले पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकी विरुद्ध मुद्दा दिएका थिए ।

उनीहरुमध्ये २१ दिनदेखि न्यायिक हिरासतमा रहेका वडाध्यक्ष पुन सहित कोपिल बुढाथोकीलाई अदालतले जनही ८० हजारको दरले धरौटीमा हिजो बुधवार रिहा भएका हुन् ।

बुधवार भएको थुनछेकको बहसमा जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले धरौटीमा रिहाइ गर्ने आदेश दिएको हो । उक्त घटनामा पुनलाई मरणासन्न हुनेगरी कुटपिट भएको थियो । टाउकोमा गम्भीर चोट लागेका पुनलाई पोखरा लगेर उपचारसमेत गराइएको थियो ।

राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित पुनलाई पदबाट हटाउन पार्टीबाटै असहयोग भएको समेत उनले टिप्पणी गरे । पुनलाई वडाध्यक्षबाट हटाउनका लागि निर्वाचन आयोगमा पनि मुद्दा दिइएको थियो । उक्त मुद्दामा पुनको वडाध्यक्षको पद तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश दिएको थियो ।

राजमोले भने पुनले पार्टी छाडेकाले वडाध्यक्षबाट मुक्त गर्न माग गरेर आयोगमा उजुरी गरेको थियो । पुनलाई वडाध्यक्षबाट हटाउन गरेको आदेश विपरीत सर्वोच्चले तत्काल आदेश कार्यान्वयन नगर्न भनेको थियो । धरौटीमा रिहा भएपछि वडाध्यक्ष पुनले आफू निर्दोष भएको पहिलो प्रमाण जुटेको बताए ।

पुनका पक्षमा अधिवक्ता राम शर्मा, राजु गौतम र राधाकृष्ण ज्ञवालीले बहस गरेका थिए । पुनको विपक्षमा सरकारी वकिलसहित अधिवक्ता काजी गाउँले श्रेष्ठ र केशव पराजुलीले बहस गरेका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ११:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको पाँचौ बार्षिक साधारण सभा होटल अकामा, धुम्बाराही, काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ । अध्यक्ष

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्ताव लगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन

गल्याङ । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको  नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३