इतिहासमा आज : १७ वर्षको भयो फेसबुक

काठमाडौं । सोसल मिडिया साइट फेसबुकले आज १७ वर्ष पूरा गरेको छ । यो हावर्ड यूनिभर्सिटीका ४ स्टूडेण्ट मार्क जुकरबर्ग, एडुआर्डो सेभरिन, डस्टिन मोस्कोवित्ज, क्रिस ह्यूजले ४ फेब्रुअरी २००४ मा लञ्च गरेका थिए ।

पहिला यसको नाम द फेसबुक राखिउको थियो । यो साइट हावर्ड यूनिभर्सिटीका विद्यार्थीका लागि बनाइएको थियो ।

हेर्दाहेर्दै यो अमेरिकाका केहि कलेजमा शुरु भयो ।

फेसबुकको बढ्दो क्रेज देख्दै पेपलका फाउण्डरपीटर थीलले फेसबुकमा ३५५ करोड रुपैयाँको इन्भेष्टमेण्ट गरे । २०१२ मा १ अर्ब यूजर्सका साथसाथै यो संसारको सबैभन्दा ठूलो सोसल मिडिया प्लेटफर्म बन्यो ।

कम्पनीको हेडक्वार्टर क्यालिफोर्नियाको मेनलो पार्कमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?