२८ जेष्ठ २०८०, आईतवार

फागुनदेखि हुने संयुक्त जनआन्दोलले केपी ओलीको आयु सकिन्छ: अध्यक्ष दाहाल

२०७७,माघ,२२,बिहीवार १०:०५

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुनसक्ने बताएका छन् । दाहालले माघ २८ गतेको विशाल प्रदर्शनपछि पनि केपी ओली नसच्चिए फागुन पहिलो सातादेखि हुने संयुक्त जनआन्दोलनपछि ओलीको आयु सकिने चेतावनी दिए ।

“हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ,” ललितपुरमा कार्यकर्ताहरुसँगै नाराबाजीमा उत्रिएका दाहालले भने ।

ओली समूहले भोलि गर्ने भनिएको सभालाई ‘पञ्चे र्‍याली’को संज्ञा दिँदै उनले ओलीले पैसा तिरेर मान्छे ल्याएर र्‍याली गर्न लागेको आरोप समेत लगाए । “२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्‍याली गर्थ्यो। अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ । हामीले जनआन्दोलन गरिरहेका छौं। उहाँहरू पञ्च र्‍याली गर्दै हुनुहुन्छ,” दाहालले भने ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १०:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०