२२ जेष्ठ २०८०, सोमवार

व्यवस्थित सहरीकरणको योजना कार्यान्वयन, २७ नयाँ सहर बनाइने

२०७७,माघ,२२,बिहीवार ०७:४३

0
Shares

भरतपुर । सहरी विकास मन्त्रालयले मानव जीवनको जन्मदेखि मृत्युसम्म उपयोगी तथा आवश्यक हुने भौतिक निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ । आवासविहीनका लागि जनता आवास कार्यक्रम, सामाजिक पूर्वाधारका रूपमा अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क, शवदाह गृह, सडक निर्माण जस्ता पूर्वाधार निर्माणमा जोड दिइने भएको हो ।

“हामीले भौतिक पूर्वाधार मात्रै नभएर मानव जीवनको जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने पूर्वाधार विकासका काम अगाडि सारेका छौँ”, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले भने । सामाजिक पुँजीका रूपमा आवश्यक पूर्वाधार निर्माण गरी समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मूर्त रूप दिने गरी मन्त्रालयले योजना अगाडि बढाएको छ ।

मन्त्रालयले आगामी तीन वर्षभित्र सात लाख ५० हजार फुसका छाना विस्थापन गर्ने योजना अगाडि सारेको छ । चालू आर्थिक वर्षमा एक लाख ५० हजार सुरक्षित नागरिक आवास भवन निर्माण गर्ने कार्यक्रम छ ।

देशभरका २७ वटा नयाँ सहर र भरतपुर महानगरसहित १४ वटा स्मार्ट सिटीका सहर निर्माणको योजना अघि बढाइएको सचिव सिंहले जानकारी दिए । मन्त्रालयले भरतपुर अस्पतालमा बिरामी कुरुवा घर, भरतपुर महानगरमा १८ किलोमिटर सडक कालोपत्रे काम सकेको छ भने यसै आर्थिक वर्षमा ४२ किमी सडक निर्माणाधीन अवस्थामा छ । महानगर सिटी हल, रत्ननगर सभाहल, सौराहा सभाहल, रानीपोखरी पार्क, लक्ष्मीनारायण पार्क, केन्द्रीय बसपार्क र देवघाट शव दाहसंस्कार गृह निर्माणको कामलाई मन्त्रालयले अघि बढाएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ०७:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०