काठमाडौं । अंग्रेजी डिक्शनरीको कुरा गर्ने हो भने सधैँ हाम्रो दिमागमा अक्सफोर्ड डिक्शनरीको याद आउँछ ।
आज अक्सफोर्डको डिक्शनरी हरेकको लाइभको एक भाग बनेको छ ।अक्सफोर्ड डिक्शनरी १ फेब्रुअरी १८८४ मा पहिलो पटक प्रकाशित भएको थियो । तर यो बनाउने शुरुवात १८५७ मा नै भएको थियो ।
त्यो समय लण्डनको फिजोलजिकल सोसाइटीका मानिसले व्ज्यवस्थित रुपमा इंग्लिशको डिक्शनरी तयार गर्ने विचार गरेका थिए । यसमा ११ औँ शताब्दीबाट १८ औँ शताब्दीमा प्रचलित एंग्लो सेक्सोन शब्दलाई सामेल गरिएको थियो ।
त्यस बेला यसलाई ४ भ्याल्यूयममा तयार गरिएको थियो । यसमा ६हजार ४०० भन्दा धेरै शब्द सामेल गरिएको थियो । यसको ४० वर्षपछि डिक्शनरीलाई १९२८ मा पूरा बनाइएको थियो ।
यस डिक्शनरीमा ४ लाख भन्दा धेरै शब्द सामेल रहेका थिए र १० भ्याल्यूममा तयार गरिएको थियो ।
यसको शीर्षक अ न्यू इंग्लिश अन हिस्टोरिकल प्रेन्सिपल थियो ।
त्यो बेलादेखि अक्सफोर्ड डिक्शनरीमा हरेक भाषाका शब्दलाई सामेल गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया