काठमाडौँ । पछिल्लो समय संरक्षित क्षेत्रमा सुरक्षा चुनौती बढेसँगै यसको नियन्त्रणका लागि सरकारका विभिन्न निकायले सक्रियता बढाएका छन् । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको सङ्कटमा परेको अस्तिìव रक्षा गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेना, नेपाल प्रहरीसहित तीनवटै सुरक्षा निकाय सक्रिय बनाइएको छ ।
सुरक्षा सक्रियताकै कारण त्यस्ता वन्यजन्तुका आखेटोपहार तथा वनपैदावर बोकेका मानिस सहरी क्षेत्रमा धमाधम पक्राउ पर्न थालेका छन् । यही माघ १० गते काठमाडौँको महाराजगञ्जमा प्रतिबन्धित वनपैदावरका रूपमा रहेको पाँचऔँलेसहित एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ ग¥यो । ती व्यक्तिको साथबाट सात केजी पाँचऔँले जडीबुटी बरामद भएको थियो ।
त्यसअघि पुस ९ गते चरिबाघको छालासहित अर्का एक व्यक्ति काठमाडौँकै टोखाबाट पक्राउ परे । मङ्सिर ३० गते टोखाबाटै वन्यजन्तुको आखेटोपहार र जीवित सरिसृप सुनगोहोरोसहित दुई व्यक्ति पक्राउ परेका थिए । सहरी क्षेत्रमा प्रतिबन्धित वनपैदावर र वन्यजन्तुका आखेटोपहार बोकेकाहरू दिनहुँजसो नै पक्राउ परिरहेका छन् ।
उता संरक्षित क्षेत्रभित्र पनि बारम्बार सिकारमा संलग्न मानिस पक्राउ पर्ने क्रम जारी छ । गत भदौ २१ गते चितवन निकुञ्जमा गोली हानिएको घाइते गैँडा फेला परेसँगै सिकारीको समूह चलमलाएको आशङ्का गरिएको थियो । सो गैँडा उपचारका क्रममा मरेको थियो । देशका विभिन्न संरक्षित क्षेत्रमा सुरक्षामा खटिएको सेनाले लगत्तै अपरेसन महाहण्ट–७ सञ्चालन गरी संरक्षित क्षेत्रमा खोजतलास तीव्रपारिरहेको छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया