इतिहासमा आज : इलेक्ट्रिक बल्बको १४१ वर्षको कहानी

काठमाडौं । अमेरिकी आविष्कारक तथा वैज्ञानिक थोमस अल्भा एडिसनले एक पटक आफ्ना नजिकै रहेका मानिसलाई बोलाएर उनको हातमा बल्ब थमाउँदै टेस्ट गर्न भनेका थिए ।

बल्बको खोजमा लगातार असफल भइरहेका एडिसनको कुरा सुनेर ति व्यक्तिले डराउँदै त्या बल्ब जमीनमा फाले ।

बल्ब फुट्यो । एडिसनले केहि भनेनन् र दुई दिनपछि फेरि बोलाए । यस पटक पनि एडिसनले उनको हातमा एक पटक बल्ब थमाए । यस पटक एडिसनसँग काम गर्नेलाई टोके र ति व्यक्तिलाई बल्ब नदिन भने ।

किनभने फेरि बल्ब झर्यो भने मिहेनत खेर जान्छ ।यो सुनेर एडिसनले भने, यदि बल्ब फुट्यो भने फेरि बन्छ, तर ति व्यक्तिको कन्फिडैन्स हट्यो भने, ती व्यक्तिलाई फर्किन गाह्रो पर्छ ।

आत्मविश्वास बिना केहि पनि सम्भव छैन । यो कुराले सबैलाई एउटा चेताना दियो । एक पटक एडिसनलाई एक पत्रकारले सोधे कि, १० हजार पटक फेल भएपछि यो सफलता पाउँदा कस्तो महशुस हुन्छ ? यसमा एडिसनले भने, १० हजार पटक फेल भएको होइन, तर मैले १० हजार पटक बल्बको आविष्कार गरेँ ।

उनै महान एडिसनले आजकै दिन १४१ वर्ष पहिला २७ जनवरी १८८० मा इलेक्ट्रिक बल्बलाई पेटेन्ट गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?