पाँच महिनादेखि ५० हजार बोरा मल अलपत्र, न जाँचपास न नष्ट

वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेसनले बिदेशबाट आयात गरिएको ५० हजार बोरा डिएपी मल नहुँदा पाँच महिनादेखि थन्किएको छ । गएको भदौ ६ गते वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) मा आएर ७ गते अनलोड गरिएको भए पनि जाँचपास भएको थियो।

आपूर्तिकर्ता स्वीस सिंगापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) यार्डमा ल्याईसकेको ५० हजार बोरा डिएपी मल भिजेर जाँचपास गर्न अयोग्य रहेको भनी सुख्खा बन्दरगाह (ड्राईपोर्ट) भन्सारले जाँचपास नगरेपछि बिगत पाँच महिनादेखि भन्सारमा यत्रतत्र छरिएर रहेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख अमोज लामिछानेले सिंगापुरबाट पानीजहाजमार्फत भारतको कोलकत्ता बन्दरगाहमा ल्याएर राखिएको अवस्थामा बितेको असाररसाउन महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’आँधीले कोलकत्ता बन्दरगाहमा नै मल भिजेको बताए । भिजेकै मल रेलमार्ग हुँदै वीरगञ्ज आईपुगेको उनले जानकारी दिए ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले भिजेर बिग्रिएको अवस्थामा मल आएकाले जाँचपास नभएको रहेछ कुनै प्रयोग गर्न योग्य भए जाँच गरेर मात्र जाँचपास गरिने अन्यथा सबैलाई नष्ट गरिने बताए । यो खबर गोरखापत्र दैनिकमा दिपकप्रसाद गौतमले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?