भोलि सत्ययुग आउँदा जीवित हुनेछन् भन्दै प्रेन्सिपल आमाबुबाले गरे दुई छोरीको हत्या

काठमाडौं । भारतको आन्ध्रप्रदेशस्थित चित्तुरमा दर्दनाक घटना भएको छ ।

त्यहाँ एक आमाबुबाले दुई छोरीको हत्या गरेका छन् ।

उनीहरुले अन्धविश्वासको चक्करमा छोरीहरुको हत्या गरेको बताइएको छ।

यो घटना आईतवार रातीको हो । आमा स्कूलको प्रेन्सिपल रहेको र श्रीमान पनि यस घृणित कार्यमा सहभागी भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आरोपीहरुको नाम पद्यजा र पुरुषेत्तम रहेको बताइएको छ ।मृतकको पहिचान २७ वर्षकी अलैख्या र २२ वर्षकी साई दिव्याको रुपमा भएको छ ।

आमाले भोलि सत्ययुग अउनेछ र उनीहरु दुवैजना जीवित हुनेछन् भन्दै डम्बलले हानेर हत्या गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?