आजदेखि लागू हुँदै राष्ट्रिय एकद्वार प्रणाली, कसरी गर्छ काम ?

लोकपथ
0
Shares

काठमाडौं – आज (मंगलवार) देखि राष्ट्रिय एकद्वार प्रणाली लागू हुँदैछ । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यले भन्सार विभागले राष्ट्रिय एकद्वार प्रणाली लागू गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरूले सम्पूर्ण कागजात तथा सूचनाहरू एकैपटक एउटै विन्दूबाट प्रस्तुत गर्न सक्ने गरी विभागले यस्तो प्रणाली लागू गरेको हो ।

यो प्रणालीको शुरुवात भएपछि सेवाग्राही स्वयंम् उपस्थित हुनु नपर्ने तथा कागज पत्र तथा अन्य कुनै पनि डकुमेन्टहरुको काम कम्प्युटर प्रणालीबाट हुनेछ ।

अहिले आयात, निर्यात र पारवहनसँग सम्बन्धि कामका सेवाग्राहीले सबै कागजात बोकेर तीन दर्जन भन्दा बढी कार्यालय धाउनुपर्ने बाध्यता छ । यस्तो अवस्था हटाएर एउटै बिन्दुबाट एकै पटक सेवा दिन कम्प्युटर सफ्टवेयर प्रचलनमा ल्याइएको हो ।

‘विगतका दिनहरुमा कागजात बोकेर विभिन्न स्थानमा धाउनुपर्ने, दुःख पाउनुपर्ने बाध्यता थियो । काम सक्न पनि धेरै समय लाग्ने गथ्र्यो । यो प्रणाली लागू भएसँगै सर्वसाधारणले पाउने दुःख र बाध्यताहरु हट्ने भएका छन् ।’ विभागका महानिर्देशक सुमन दाहालले सबै काम एउटै प्रणाली र एउटै बिन्दुबाट गर्न सकियोस् भनेर यस्तो प्रणाली लागू गरेको बताए । त्यसका साथै नेपाल अन्तर्राष्ट्रिय व्यापारलाई अझ छिटो, छरितो र सहज एवंम् व्यबस्थित बनाउन यस प्रणालीले सहयोग गर्ने उनको भनाई थियो ।

यस्ता छन् फाइदा :
यो एकद्धार प्रणाली लागू भएपछि भन्सार विभागसँग जोडिएका धेरै निकायहरू अनलाइन सिस्टममा जोडिने जोडिनेछन् । यसबाट पूर्ण रुपमा पेपरलेस काम हुनेछ । यसले गर्दा भन्सार पूर्ण रुपमा ‘डिजिटलाइजेसन’ हुनेछ ।

भन्सार विभागले आफ्नो सेवालाई व्यवस्थित तथा पेपरलेस गर्नको लागि सबैको सहकार्य हुनुपर्ने बताए । यस्तै, भन्सार प्रशासन र अन्तर्राष्ट्रिय व्यापारलाई कागज र भिडभाडरहित बनाउने उद्देश्यका उक्त प्रणली सञ्चालनमा ल्याएको विभागले जनाएको छ ।

त्यस्तै,विभागले ई – पेमेन्टको कार्य पनि अगाडी बढाएको बताएको छ ।

विभागले नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न २ वटा विभाग तथा एक कार्यालयसँग समझदारी पत्रमा हस्ताक्षर समेत गरेको छ ।

विभागले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारीपत्रमा हस्ताक्षर गरेको हो । विभागका अनुसार आगामी साउनसम्म अन्तर्राष्ट्रिय व्यापारसँग जोडिने अन्तर सरकारी र निजी तथा अन्य गरी ४० भन्दा बढी निकायहरु यस प्रणालीमा जोडिने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?