इतिहासमा आज : एयर इण्डियाको ‘बोइङ-७०७’ विमान दुर्घटना हुँदा ११७ जनाको ज्यान गयो

काठमाडौं । २४ जनवरी १९६६ मा एयर इण्डियाको बोइङ ७०७ विमानले मुम्बईबाट न्यूयोर्कका लागि उडान भरेको थियो । तर यो अमेरिका पुग्न सकेन । यूरोपको आलप्स माउण्टेन रेन्जमा नै यो दुर्घटना भयो ।

दुर्घटनामा ११७ जनाको निधन भयो । यसमा भारतमा न्यूक्लियर प्रोग्रामका जनक वैज्ञानिक डाक्टर होमी जहांगीरा भाभा पनि थिए ।

विमान दुर्घटना भएको तीन महिना पहिला भाभाको एक घोषणाले सारा विश्ह्वलाई अचम्मित बनाइदिएको थियो ।

उनले अल इण्डिया रेडियोमा आफूलाई छुट मिलेमा १८ महिनामा एटम बम बनाएर देखाइदिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?