रङ्गिन जीवनको अँध्यारो वास्तविकता : के पप स्टार बन्न यतिसम्म भोग्नुपर्ने रहेछ !

‘कोही कसैको साथी थिएन, सबै प्रतिस्पर्धी मात्रै’

(के पप अहिले विश्वमै चर्चित छ । उत्तिकै चर्चित छन् के पप स्टारहरु । उनीहरुका गीतले युट्युबसँगै विश्वकै मञ्च तताउने गरेको छ । हालै मात्र के पप ब्यान्ड बिटिएसका तेह्युङ सन् २०२० का विश्वकै सुन्दर पुरुष घोषित भएका छन् । त्यस्तै, बिटिएस, ब्ल्याकपिंक जस्ता के पप ब्यान्डहरुले यूट्युबका भिउजदेखि विभिन्न अवार्ड तथा उपाधि जितेर कीर्तिमान समेत कायम गरिसकेका छन् । तर, बाहिरबाट हेर्दा निकै लोभलाग्ने ‘के पप स्टार’हरुको रङ्गिन जीवनको अँध्यारो वास्तविकता सुन्दा अचम्म लाग्न सक्छ । ‘के पप स्टार’ बन्ने सपना देखेर वर्षौं कडा प्रशिक्षणमा रहेपछि त्यो लक्ष्य नै त्यागेकी  इयोडियाजकै अनुभव मार्फत् जान्नुहोस् के पप स्टारको विद्रुप पाटो…)

म बच्चै थिएँ जब म इङ्गल्याण्ड छाडेर दक्षिण कोरिया गएँ, के–पप स्टार बन्नलाई ।

त्यसवेला बेलायतमा के पपको बारेमा खासै धेरैलाई थाहा थिएन । तर, म आधा कोरियन, आधा चाइनिज भएकाले सानैदेखि बोइज ओभर फ्लावर्स, प्लेफुल किस आदिजस्ता दक्षिण कोरियाली फिल्म र टेलिसिरियल हेर्न शुरु गरेँ । के पप र समग्र कोरियाली संस्कृतिको म ठूलो फ्यान नै भएँ ।

जब मेरा सहपाठीहरु ब्रिट्नी स्पेयर्स र ब्याक स्ट्रिट बोइजका गीतहरुमा फिदा थिए तब म ‘वन्डर गल्र्स’ र ‘बिटुएसटि’का गीतहरु सुन्थेँ । अभिनेत्री बन्ने र स्टेजमा प्रस्तुति दिने मेरो ठूलो सपना थियो । मेरो सपना साकार गर्नलाई दक्षिण कोरियामा ‘आयडल’ बन्न जरुरी थियो । आयडल अर्थात् जसले गाउन, नाच्न, मोडलिङ गर्न र अभिनय गर्न सबै जानेको होस् । त्यसवेला मलाई लाग्यो, के पप मेरो सपना साकार गर्ने एउटा सम्भावित बाटो हो ।

१० वर्षको उमेरदेखि नै मैले धेरै कम्पनीमा अडिसन दिएँ यही आशाले कि कुनै न कुनैले मलाई छनौट गर्नेछन् । कहीलेकाहीँ आफैले खिचेको आफ्नो भिडियो पठाउनुपथ्र्यो । पठाउँथेँ । त्यही भिडियो शुट गर्न मैले कतिपटक स्कुल बंक पनि गरेको छु । यसो गर्दा मेरी ममी निकै रिसाउनुहुन्थ्यो ।

यही दौरान एकपटक हामी हजुरआमालाई भेट्न दक्षिण कोरीयाको राजधानी सिओल पुगेका थियौं । त्यहाँ मैले एउटा ठूलो अडिसनमा भाग लिने मौका पाएँ जहाँ मजस्तै अरु २ हजार जना प्रतिष्पर्धीहरु थिए ।

हामीलाई एउटा ठूलो ‘वेटिङ रुम’मा राखिएको थियो ठ्याक्कै ‘ब्रिटेन्स गट ट्यालेन्ट’ को जस्तै तर, त्यहाँ कुर्सी थिएन । हामी सबै भूइँमै बसेका थियौँ ।
६ घण्टाको प्रतीक्षापछि बल्ल मेरो समूहको पालो आयो । एक एक गर्दै आफ्नो पालो नजिकिँदै जाँदा मेरो मुटु निकै ढुकढुक ग-यो ।

हाम्रो समूहबाट शुरुमा पालो आएकी एकजना युवतीले गीत गाउन थालिन् । तर, गीत शुरु हुँदानहुँदै निर्णायकले ‘भयो, अर्को आउ’ भन्दै उसलाई रिजेक्ट गरे । प्राय सबैजनालाई त्यसैगरी व्यवहार गरियो । जब मेरो पालो आयो मैले एउटा कोरियन टिभी ड्रामाको सिन प्रस्तुत गरें । मलाई बीचमै रोकेर निर्णायकले भने, ‘हामी गायक खोजिरहेका छौँ के तिमी गाउन सक्छौ ?’

मैले गायनको तयारी त गरेकी थिइनँ तर, एउटा गीत गाउन आउँथ्यो त्यही गाइदिएँ ।

उनले फेरि मलाई रोकेर नाच्न लगाए । मैले त्यसको पनि तयारी गरेकी थिइनँ तर, उनीहरुले गीत बजाइदिएपछि जसोतसो ‘फ्रीस्टाइल’ डान्स गरिदिएँ ।
त्यसपछि उनले मलाई एउटा पहेँलो कागजको टुक्रा दिए र अर्को कोठामा पठाए जहाँ मलाई भुईमा कोरिएको सिधा लाइनमा हिँड्न लगाइयो । र, हिँड्दै गर्दा विभिन्न साइडबाट मेरो तस्वीर खिचियो ।

तस्वीरः बिबिसी

केही दिनमै मलाई सम्झौता पत्रका बारेमा छलफल गर्नलाई अभिभावकसँग आउन भनियो ।

उक्त पत्रमा लेखिएको थियो, ‘मैले आफ्नो परिवार छाडेर दक्षिण कोरियामा अवस्थित कम्पनीमा प्रशिक्षणका लागि बस्नुपर्नेछ । यदि कम्पनीलाई म योग्य लागिन भने जतिवेला मनलाग्यो निकाल्न सक्छ । तर, प्रशिक्षण सकिनु अघि नै मैले आफै कम्पनी छाड्ने निर्णय गरेँ भने चाहिँ हजारौं डलर्स जरिवाना तिर्नुपर्नेछ ।’

नचाहँदा नचाहँदै मम्मीले सम्झौता पत्रमा हस्ताक्षर गरिदिनुभयो मेरा लागि । त्यसपछि मम्मी र मेरो झगडा नै प-यो र केही महिनासम्म हाम्रो बोलचाल नै बन्द भयो ।

प्रशिक्षार्थीका रुपमा शुरु गरिसकेपछि मैले जुन कम्पनीसँग सम्झौता गरेकी थिएँ त्यसले मेरो सम्झौता अर्को कम्पनीमा सारिदियो । यस्तो गर्नु सामान्य थियो र, प्रशिक्षार्थीहरुले यस विषयमा कुनै दोहोरो कुरा गर्ने सवालै हुन्नथ्यो ।

नयाँ कम्पनीमा एकदमै कडा नियम थियो । हामी ९ देखि १६ वर्षसम्मका प्रशिक्षार्थीहरु एउटै भवनमा बस्थ्यौं । केटा र केटीलाई चाहिँ छुट्टै राखिन्थ्यो ।
स्कुल जाँदावाहेक अरुवेला बाहिर निस्किन पाइँदैनथ्यो । कोरियन साथीहरु स्थानीय विद्यालयमै जान्थे । म बेलायती भएकाले अन्तर्राष्ट्रिय विद्यालयमा जान पाउँथेँ । अभिभावकहरुले छोराछोरी भेट्नलाई अग्रीम अनुमति लिनुपर्ने हुन्थ्यो । यदि कोही आफन्त जानकारी नगराइ भेट्न आएमा नभेटी फर्किनुपर्ने हुन्थ्यो ।

सामान्यतः हरेक दिन बिहान ५ बजे उठेर नृत्य अभ्यास गर्नुपथ्र्यो । दिउँसो विद्यालयबाट फर्किएपछि फेरि गायन र नृत्यको अभ्यास शुरु हुन्थ्यो । कतिपय प्रशिक्षार्थीहरु आफ्ना प्रशिक्षकलाई खुशी बनाउने चक्करमा राति ११ बजेभन्दा बढी समयसम्म अभ्यास जारी राख्थे । फेरि समयमै छात्रावास फर्किनुपर्ने दबाव पनि हुन्थ्यो । भवनको ढोका लाग्नुअघि छिरिसक्नुपथ्र्यो ।

प्रेम गर्ने अनुमति थिएन । तर, कोहीकोही लुकिछिपी प्रेम सम्बन्धमा थिए ।

आफ्नो लैङ्गिक पहिचानका बारेमा खुलस्त हुने अवस्था थिएन । कोही समलिंगी वा तेस्रो लिंगी छ भने पनि उनीहरुले यो कुरा लुकाउनुपथ्र्यो । कसैले थाहा पाए, उनीहरुलाई कम्पनीबाट निकालिइन्थ्यो ।

केटा र केटी दुवै प्रशिक्षार्थीहरुको म्यानेजर हुन्थे जो रातिराति हामीलाई म्यासेज गर्थे । यदि त्यसको प्रतिक्रिया दिएन भने तुरुन्तै फोन गरेर सोध्थे, ‘तिमी कहाँ छौ ?’

सप्ताहन्त वा विदा भन्ने कहिल्यै हुँदैनथ्यो । नयाँ वर्षमा समेत स्टाफहरुले विदा पाउँदा प्रशिक्षार्थी चाहिँ त्यही भवनमा कोचिएर बस्नुपथ्र्यो ।

हामीलाई २ वटा समूहमा विभाजन गरिएको थियो जस्तै टिम ए र टिम बी । म टिम ए को ती २० देखि ३० जना प्रशिक्षार्थीमा पर्थें जसमा सम्भाव्यता थियो ।
टिम बी मा जम्मा २ सय जना थिए जो पैसाकै भरमा कम्पनीमा टिकिरहेका थिए । उनीहरुले कुनैदिन के पपमा अवसर पाउँछन्÷पाउँदैनन् भन्ने टुङ्गो पनि थिएन ।

टिम ए का प्रशिक्षार्थीहरु छात्रावासमा बस्थे जहाँ एउटा कोठामा ४ जना बस्नुपथ्र्यो । तर, सामान्य प्रशिक्षार्थीहरु सबैजनालाई एउटै ठूलो कोठाको भूईंमा ओछ्यान लगाएर सुताइन्थ्यो ।

अभ्यास पछि खत्रक्क गलेका टिम बी का प्रशिक्षार्थीहरु डान्स अभ्यास गर्ने स्टुडियोमै निदाएको पनि देखेकी छु किनकी त्यहाँको म्याट्रेस र उनीहरु सुत्ने ठाउँमा ओछ्याइएको म्याट्रेसमा केही फरक नै थिएन ।

तस्वीरः बिबिसी

म त्यहाँ रहुन्जेल टिम बी बाट जम्मा १ जना मात्रै टिम ए मा ‘प्रमोट’ भएको देखेँ । टिम ए मा भएका प्रशिक्षार्थीहरुको व्यवहार चित्त नबुझेमा या उनीहरुले केही गुनासो गरेमा टिम बी मा झारिदिने धम्कीसमेत दिइन्थ्यो । तर, सामान्यतः कसैले गुनासो नै गर्दैनथ्यो । हामी सबै उमेरले काँचा तर, महत्त्वकांक्षी थियौं ।
कम्पनीको भवनभित्र हामीलाई हाम्रो नामले बोलाइँदैनथ्यो । प्रत्येकलाई एउटा नम्बर र प्रस्तुति दिँदा निभाइने पात्र अनुसारको नाम दिइएको थियो त्यसैबाट बोलाइन्थ्यो ।

मलाई दिइएको नाम थियो, दिया । तर, त्यो नामभन्दा पनि प्राय हाम्रो सर्टमा टाँसिएको स्टीकरको नम्बरबाट नै बोलाइन्थ्यो ।
मलाई थाहा थियो कि ममा सफल ‘आयडल’ बन्ने क्षमता थियो । कम्पनीको नजरमा पनि म निकै सक्षम थिएँ । उनीहरु मेरो सानो, पातलो शरीरको तारिफ गरिरहन्थे ।

त्यहाँ तौललाई निकै महत्त्वपूर्ण गुण मानिन्थ्यो । चाहे जतिसुकै उमेर होस् या उचाइ तर, तौल चाहिँ ४७ केजीभन्दा कम हुनुपथ्र्यो । यसको मतलब यो होइन कि म तौललाई सन्तुलनमा राख्न खानै खान्नथिएँ । तर, जति खाए पनि तौल नबढ्ने राम्रो गुण थियो मेरो शरीरको ।

हरेक हप्ता हाम्रो तौल नापिन्थ्यो र सबैको सामू कसको तौल कति भन्दै उद्घोष गरिन्थ्यो । आवश्यकता भन्दा धेरै तौल भए उनीहरुको खानाको मात्रा कम गरिन्थ्यो । कतिपय अवस्थामा त उनीहरु दिनभरि पानीकै भरमा पनि बस्नुपर्ने हुन्थ्यो ।

यस्तो अवस्थामा कतिपय केटीहरुको महिनावारीमा समस्या देखिन्थ्यो भने कतिजना अभ्यास गर्दागर्दै ढल्थे, बेहोस हुन्थे । म आफैँ पनि दुई पटकसम्म बेहोस भएको थिएँ । मलाई त्यस्तो हुँदा धेरैजनाले ‘ठिक्क प-यो, चाहिने भन्दा धेरै मिहिनेत गरेपछि त्यस्तै हुन्छ’ भन्ने किसिमको भावले हेर्थे ।
यस्ता घटनाहरुबाट थाहा हुन्थ्यो कि त्यहाँ कोही पनि कसैका साथी छैनन् । सबै एक अर्काका प्रतिस्पर्धी मात्र ।

त्यहाँको तनावपूर्ण वातावरणमा झन् तनाव थप्न आइपुग्थ्यो मासिक इभेन्ट जसमा प्रशिक्षार्थीहरुले सबैको अगाडि प्रस्तुति दिनुपर्ने हुन्थ्यो र प्रशिक्षकले उनीहरुलाई मूल्याङ्कन गर्थे । राम्रो अंक ल्याउन नसकेकाहरुलाई तुरुन्तै कम्पनीबाट निकालिन्थ्यो ।

उनीहरुको सट्टा त्यहाँ नयाँ प्रशिक्षार्थीहरु ल्याइन्थ्यो । अझ ताजुबको कुरा के हो भने, ती नयाँ आउनेहरुले पहिल्यै प्लाष्टिक सर्जरी गरेर के पप स्टारजस्तै अनुहार बनाइसकेका हुन्थे ।

प्रशिक्षार्थीहरु बीचमै पनि तौलका कारण एक अर्काको खिल्ली उडाइन्थ्यो । सबैभन्दा राम्रो नाच्ने केटीको जुत्तै चोरिन्थ्यो । यस्ता घटनाहरु धेरै भए ।

मलाई मेरा इङ्ग्ल्यान्डका साथीहरुको खुब याद आउँथ्यो । तर, उनीहरुसँग सम्पर्क गर्ने कुनै माध्यम थिएन मसँग । किनकी हामीलाई फोन बोक्ने अनुमति थिएन । एक त हाम्रो ध्यान अभ्यासबाट भड्किन्छ भनेर । अर्को, हामीले प्रशिक्षणका दौरान सामाजिक सञ्जालमा गर्ने पोस्टहरुका कारण दर्शकहरुमा हाम्रो क्रेज घट्छ भनेर । राति १५ मिनेट चाहिँ फोन चलाउन पाइन्थ्यो । म त्यो समयमा मेरी ममीलाई फोन गर्थें । कतिपय साथीहरुले लुकाएर अर्को फोन पनि राखेका थिए ।

मेरा अभिभावकलाई थाहा थियो कि ट्रेनिङ अत्यन्तै गाह्रो छ । तर, उहाँहरुसँग कुनै उपाय नै थिएन किनकी म पहिल्यै कम्पनीसँगको सम्झौता पत्रमा बाँधिइसकेकी थिएँ । फेरि उहाँहरु मभन्दा धेरै टाढा पनि त हुनुहुन्थ्यो । धेरैजसो कोरियाली प्रशिक्षार्थीहरुले घरमा चिन्ता लिनुहुन्छ भनेर परिवारका सदस्यलाई केही पनि सुनाउँदैनथिए ।

मलाई एउटै के कुराले मात्र प्रोत्साहन गथ्र्यो भने कुनैदिन म के पपमा डेब्यु गर्नेछु ।

तस्वीरः बिबिसी

यद्यपि, कम्पनीसँग टिम एमा भएका आधि भन्दा कम प्रशिक्षार्थीहरुलाई मात्र स्थान दिनसक्ने अवस्था थियो । त्यस स्थानका लागि हामीले बारम्बार गायन, नृत्य, अन्तर्वार्ता आदिजस्ता परीक्षाहरु दिइरहनुपथ्र्यो ।

के पपको समूह प्राय यसरी बनाइएको हुन्थ्यो : मुख्य गायक, डान्सर, -यापर, कान्छो सदस्य आदि । सबैको छुट्टाछुट्टै भूमिका हुन्थ्यो ।

मलाई मुख्य गायिकाको रुपमा चुनिएको छ भनेर उनीहरुले सुनाएपछि म औधी खुशी भएकी थिएँ । पछि थाहा भयो कम्पनीले मलाई विकल्पमा राखेको रहेछ, त्यो पनि ‘भिजुअल’को भूमिकामा ।

के पपमा भिजुअल भनेको समूहको अनुहार हो । अर्थात् जसको रुप र बाहिरी आवरण राम्रो छ वा जो ठूलो भएपछि सुन्दर हुनसक्ने सम्भावना छ । यस स्थानका लागि मसँगै प्रतिस्पर्धा गर्ने अर्की किशोरीलाई पनि विकल्पमा राखिएको रहेछ । खासमा ऊ मभन्दा धेरै राम्री थिइ तर, कम्पनीको विश्वास के थियो भने प्लाष्टिक सर्जरी गरेपछि म ऊभन्दा राम्री देखिनेछु ।

कोरियाली मापदण्ड अनुसार नै मेरो अनुहार ठूलो छ । त्यसैले उनीहरु मेरो नाक र अनुहारको आकारलाई परिवर्तन गर्न चाहन्थे । कम्पनीले कुनै पनि प्रशिक्षार्थीलाई जबरजस्ती प्लाष्टिक सर्जरी गराउन नहुने भएतापनि उनीहरु प्रशिक्षार्थीलाई खुब उक्साउँथे । दक्षिण कोरियामा प्लाष्टिक सर्जरी गर्नु सामान्य भइसकेको छ । त्यसवेला मलाई पनि यसमा खासै समस्या थिएन । लाग्थ्यो यो त मैले भविष्यका लागि गरेको लगानी हो ।

ममीलाई थाहा थियो यसले मलाई मेरो सपनाको नजिक लैजान्छ । तर, यस विषयमा मेरी ममी भने निकै चिन्तित हुनुहुन्थ्यो ।

कम्पनीले पनि मलाई ‘तिमी के पप स्टार बन्छौ’ भन्दै ठूलो आशा देखाएको थियो । तर, जसरी समय बित्दै गयो कम्पनीले हामीलाई समूह कस्तो बनाउने, को कस्तो देखिनुपर्छ, कसले कस्तो रुपमा प्रस्तुत हुने, कस्तो गीत गाउने लगायतका कुराहरु भन्दै गयो । मलाई यस्तो हस्तक्षेप खासै चित्त बुझेन ।

मैले स्टेजमा ‘दिया’ नामले चिनिनुपर्ने थियो । उसको व्यवहार कस्तो हुनुपर्छ भन्ने बारेमा पनि उनीहरुले मलाई बताए । ऊ एकदमै शान्त, सुशील, कम बोल्ने प्रवृत्तिको हुनुपथ्र्यो । त्यसको ठीक विपरित, म एकदमै स्पष्ट वक्ता र कडा प्रवृत्तिको थिएँ । सबैको अगाडि म यो देखावटी व्यक्तित्वलाई टिकाइरहनसक्छु भन्ने कुरामा म विश्वस्त थिइनँ । यद्यपि, यसो गर्नुले मलाई अभिनेत्री बनाउँछ भने यो सम्झौता गर्न पनि म तयार थिएँ । तर, कम्पनीले मलाई अभिनय भन्दा केटीहरुको समूहमै सुहाउँछ भन्यो ।

एकजना सिनियरले म पूर्ण रुपमा कोरियाली नभएकाले अभिनय नै गर्ने हो भने पनि ‘सहायक’ भूमिका वाहेक केही पनि नपाउने समेत भने ।
मलाई मेरो सपना तुहिएजस्तो लाग्यो ।

त्यही वेला मेरो सम्झौता पत्र नवीकरण गर्ने समय आयो । मेरो समूह ‘डेब्यु’ गर्नेवाला थियो । तर मैले कम्पनी त्याग्ने निर्णय लिएँ ।

यो एकदमै अविश्वसनीय निर्णय थियो किनकी धेरैजनाले यो स्थान प्राप्त गर्नलाई जुन हदसम्म जान पनि तयार हुन्छन् । म कम्पनीसँगको सम्बन्ध नबिगारी निस्किएँ । मैले कम्पनीलाई कुनै रकम चुकाउन बाँकी थिएन । सम्झौता भएअनुसारको सबै काम गरेकी पनि थिएँ ।

यदि मैले त्यहीँ रहेर के पप स्टारका रुपमा ‘डेब्यु’ गरेको भए कम्पनीलाई थप प्रशिक्षक शुल्क, बस्ने/खाने शुल्क, प्लाष्टिक सर्जरी शुल्क बुझाउनुपर्ने हुन्थ्यो ।

खासमा के पप स्टार भएर पैसा कमाउन एकदमै मुस्किल छ किनकी कम्पनीलाई विभिन्न बहानामा पैसा तिरिरहनुपर्छ ।

म कुनै प्लाष्टिक सर्जरी नगरी इङ्ग्ल्याण्ड फर्किएँ । पुराना साथीहरुसँग भेटें । फ्रान्सको एउटा फेसन स्कुलमा पढ्ने मौका पाएँ ।

मेरी ममी यो कुराले सबैभन्दा धेरै खुशी हुनुभयो । उहाँलाई पहिल्यैदेखि थाहा थियो कुनै कम्पनीको मातहतमा दिइने प्रशिक्षण मेरो लागि सही होइन । अहिले मलाई लाग्छ ममी सही हुनुहुन्थ्यो ।

अहिले जब म त्यो समूहले स्टेजमा प्रस्तुति दिइरहेको हेर्छु, आफूलाई भाग्यमानी मान्छु कि म तिनीहरुमध्ये एक हुनबाट बचेँ ।

तत्काललाई मैले अभिनयमा पनि आफ्नो करियर खोजिरहेकी छैन । रुचिको रुपमै ठीक छ अभिनय । अहिले म युट्युबर हुँ । मलाई अनुभव भएको छ कि म अलि व्यवसायिक प्रवृत्तिको रहेछु ।

आफ्नो च्यानलको लागि भिडियो बनाउन एकदमै रमाइलो लाग्छ मलाई । योजना बनाउनेदेखि भिडियो खिच्नेदेखि सम्पादन गर्ने सबै मेरो निर्णय अनुसार गर्न पाएकी छु ।

आफ्नो जीवनलाई फर्केर हेर्दा मलाई आफूले सही निर्णय लिएको अनुभव हुन्छ ।

(इयोडियाजको प्रशिक्षण यात्रापश्चात् दक्षिण कोरियाली स्वतन्त्र व्यापार आयोगले के पप प्रशिक्षार्थी तथा मनोरञ्जन कम्पनीहरु बीच सम्झौतामा हुने केही अनुचित अभ्यासलाई प्रतिबन्ध गर्न नियमहरु पेश गरेको छ ।)

(बिबिसीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?