काठमाडौँ । इजरायलमा नेपालबाट दक्ष श्रमशक्ति पठाउने विषयमा नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हस्ताक्षर गरेका हुन् ।
नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली श्रमिकको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि सो ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको हो । हस्ताक्षर भएसँगै केयरगिभरका लागि नेपाली दक्ष जनशक्ति इजरायलमा लैजान बाटो खुलेको छ ।
तत्काल पाँच सय नेपालीले इजरायलमा केयरगिभरको रोजगारी पाउने गरी प्रोटोकलमा हस्ताक्षर भएको हो । सो रोजगारीका लागि दुई देशका सरकारी निकायबीचको संलग्नतामा श्रमिक पठाइनेछ । लामो प्रयत्नपछि नेपाल र इजरायलबीच सरकारी तहबाट नै श्रमिक पठाउने गरी गर्नेगरी सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्नेगरी प्रोटोकलमा हस्ताक्षर भएको हो । यसमा निजी क्षेत्रलाई समावेश गरिएको छैन । गोरखापत्र दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया