जो बाइडेन : जसले दोश्रो श्रीमतीलाई ५ पटक प्रपोज गरे !

काठमाडौं । जो बाइडेन आज अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् । उनी संसारकै सबैभन्दा पुरानो लोकतन्त्र अमेरिकाको सबैभन्दा वृद्ध प्रेसिडेन्ट बन्दैछन् ।

अपने परिवार के साथ प्रेसिडेंट इलेक्ट जो बाइडेन।

यस क्रममा उनको उमेर ७८ वर्ष दुई महिना हुनेछ । उनी तेश्रो प्रयाशमा राष्ट्रपति बन्न सफल भएका हुन् । पहलो पटक १९८७, दोश्रो पटक २००८ र तेश्रो पटकमा उनी राष्ट्रपति बन्न सफल भएका छन् ।

बाइडेन दो बार वाइस प्रेसिडेंट रहे। बराक ओबामा ने उन्हें अमेरिकी इतिहास का ‘बेस्ट वाइस प्रेसिडेंट’ बताया था।

उनी बराक ओबामको पालोमा उपराष्ट्रपति थिए । उनको पहिलो विवाह १९६६ मा भएको थियो । जसको नाम थियो नेलिया । उनी ३६ वर्ष सीनेटर र८ वर्ष उपराष्ट्रपति बनिसकेका छन् ।

यी हुन् ११ रोचक कुरा

१. वर्षको उमेरसम्म पनि उनी राम्रोसँग बोल्न सकेका थिएनन् ।

२.उनी फुटबलका राम्रा खेलाडी थिए ।

३. उनी अमेरिका र भियतनामविरुद्धको युद्धमा जोडिएका थिए । तर बिराम भएका कारण जान पाएनन् ।

४. उनी १९८७ र २००८ दुईपटकसम्म राष्ट्रपति बन्न सकेनन् ।

बाइडेन को आइसक्रीम बहुत पसंद है। यह बात खुद उन्होंने एक इंटरव्यू में बताई थी।

५. उनले १९७२ मा आफ्नी श्रीमती नेलिया र छोरी नाओमीलाई सडक दुर्घटनामा गुमाए । २०१५ मा पनि उनका छोराको ब्रेन क्यान्सरका कारण निधन भयो ।

६. उनलाई सबैभन्दा मन पर्ने फिल्म चेरियट्स अफ फायर हो । यो कुरा उनले एक अन्तर्वार्ताका क्रममा बताएका थिए ।

७. आइसक्रिमका पारखी उनलाई आइसक्रिम धेरै मन पर्छ । २०१६ को एक अन्ँतर्वार्तामा उनले यो कुरा बताउका थिए । उनी चुरोट र रक्सी जस्ता पदार्थको सेवन गर्दैनन् ।

८. बाइडेन कुकुरलाई धेरै मन पराउँछन् । विवाहपछि उनले १९६७ मा श्रीमतीको लागि एक कुकुर किनिदिएका थिए । जसको नाम थियो सीनेटर । अहिले उनीसँग दुई जर्मन शेफर्ड छन् । जसको नाम हो मेजर र च्याम्प ।

९. दोश्रो विवाह १९७७ मा उनले दोश्रो विवाह गरे । १९७२ मा उनकी पहिली श्रीमतीको कार दुर्घटनामा निधन भएको थियो । जिल ट्रेसी ज्याकब्स उनकी दोश्रो श्रीमती हुन् । उनी प्रोफेसर हुन् । १९७५ मा उनले जिललाई देखेका थिए । उनले जिललाई पाँच पटक प्रपोज गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?