सावधान ! जाडोयाममा मोटरसाईकल / स्कूटी चलाउनेले ध्यान दिनैपर्छ यी कुरा

लोकपथ
0
Shares

काठमाडौं – लगातार चिसो बढीरहेको छ। तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र तुसारो परेका कारण जनजीवन प्रभावित भइरहेको छ भने हिमाली जिल्लाहरुमा परेको हिउँ र तुसारोका कारण दैनिकी दिनानुदीन कष्टकर भइरहेको छ । त्यतिमात्रै होईन चिसोका कारण ‘भिजिबिलिटी’ कमजोर भएर उडान समेत प्रभावित बनिरहेका छन् ।

कतिपय स्थानमा बाक्लो हुस्सुका कारण नजिकैको सवारी समेत देख्न मुस्किल हुँदा दुर्घटनाको दर बढेको छ। यसैपनि दुर्घटनाको उच्च जोखिममा पर्ने दुईपांग्रे सवारीसाधनको यात्रामा जाडोयाममा विशेष ध्यान दिनुपर्छ । लोकपथले केहि टिप्सहरु दिएको छ ।

पहिलो शर्त जिम्मेवार बनौँ : भनिन्छ – ‘दुर्घटना बाजा बजाएर हुँदैन ।’ या त पूर्व संकेत नै मिल्दछ । तर कतिपय दुर्घटना चालकको सावधानीका कारण टर्छ । यसमा दुईमत छैन ।
यद्यपी सडकमा हुँईकिने सबै चालक यो विषयबारे जानकार हुँदैनन् । कसैको हँकाई जाँच्न, कतिको डराउँछ भनेर आत्मविश्वास जाँच्न लेन मिचेर, अरुलाई धक्का दिने गरी मोटरसाईकल वा स्कुटर हाँक्नेहरु पनि उत्तिकै छन् । यसैपनि दुईपाङ्ग्रे सवारी हाँक्नेहरुले निकै सावधान र सचेत रहनुपर्छ त्यसैमाथि जाडोयाममा केहि बढी होसीयारी अपनाउनुपर्छ । दुर्घटनाबाट जोगिने पहिलो उपाय भनेकै जिम्मेवार बन्नु हो ।

जाडोयाममा बाईक चलाउँदा ध्यान दिनुपर्ने अन्य कुरा यस्ता छन् ।

न्यानो लुगा, पञ्जा र मास्कको प्रयोग गर्ने सकिन्छ भने न्यानो हुने थर्माकोटको प्रयोग अनिवार्य गर्ने ।

आफ्नो उचाइ र तौलअनुसार स्कुटी वा मोटरसाईकलको प्रयोग गर्ने ।

हरेक दिन स्कुटी वा मोटरसाईकल पुछपाछ पारेर सफा बनाउने समयसमयमा मर्मतसम्भार गर्ने

बाइक / स्कुटी स्टार्ट गरिसके पछि साइड ‘स्ट्यान्ड’ चेक गर्ने ।

पेट्रोल ट्याङकीमा पानी नपार्ने

पूरा हेलमेट, चस्मा, मास्क पन्जा, चेष्ट गार्डको प्रयोग गर्ने

ईन्जिन राम्ररी नताती नहिँड्ने

दुबै ब्रेक लगाउन सिक्ने

बाइक वा स्कुटीमा गुडीरहँदा कुनै मोटरसाइकल वा कार आफू भन्दा स्पिडमा गुडेको देखेर प्रतिष्पर्धी भावना आई ओभरटेक गर्दा दुर्घटना परेका धेरै खबर छन् । यस्तो नगर्ने ।

खाली सडकमा मनोमानी ढंगले बाइक स्कुटर नहाँक्ने

स्कुटी वा बाइकको स्पिडलाई ध्यान दिने आफ्नो बाइक स्कुटरको लिमिटमा ध्यान दिने ।

सुरक्षित दूरी राखि आफ्नो साइडबाट हाँक्ने

गफीँदै, संगित सुन्दै वा अनेकन कुरा मनमा खेलाएर सवारी नचलाऔँ

सडक बत्ति, टाफिक ईशारा जेब्राक्रसिङ, टर्निङ, स्कूल एरिया, फूटपाथ, उकालो, ओरालो, साईकल लेन, दमकल वा एम्बुलेन्सको लेन आदी हेरेर मात्रै सवारी हाँकौँ ।

जालीवाला जुत्ता वा चप्पलको प्रयोग नगर्ने

फग लाइटको प्रयोग गर्ने

जाडोमा पर्ने शितले सडकमा चिप्लने संभावना पनि हुन्छ । गति कम गर्ने ।

सकेसम्म मोटरसाइकल चालक, साइकल यात्री र पैदलयात्रीले सडकमा निस्किँदा बत्ती र प्रकाश पर्दा टल्कने वा परैबाट सोझै देख्न सकिने किसिमको कपडाको प्रयोग गर्ने ।

तनाव भएको वेलामा कहिले पनि ड्राइभिङ नगर्ने

मोटरसाइकल र स्कुटीमा प्रयोग भएको लुकिङ ग्लासको सहि प्रयोगबाट पनि दुर्घटनाबाट बच्न सकिन्छ । यसको प्रयोग गर्ने
ड्राइभिङको समयमा मोबाइलको प्रयोग नगर्ने ।

गुणस्तरीय हेल्मेटको प्रयोग गर्ने । पूरा बलियो हेल्मेट र फित्ता राम्ररी बाँध्ने बाँधिने हुनुपर्छ ।

ट्राफिक नियम आफूलाई चिट काट्नको लागिमात्रै वा ट्राफिकको फाईदाका लागि होइन, आफैँलाई सुरक्षित बनाउनको लागि हो भनेर सचेत हुने । आफूले जानेका भोगेका ट्राफिक नियमको बारेमा अरुलाई पनि सिकाउने र यसको महत्वको बारेमा बुझाउने ।

सडकमा रोकिरहेको सवारीमा पनि ध्यान दिने

महिलाहरुले एक हातमा मात्रै भिर्ने किसिमको ब्याग बोक्नु हुन्न । साईड ब्याग बोक्दा राम्रो हुन्छ ।

न्यानो खालको मफलर लगाएर घाँटीलाई चिसोबाट जोगाउनुपर्छ ।

चिसोमा हुस्सु लाग्ने हुँदा फग लाइट बाल्नुपर्छ ।

कुहिरो र हुस्सुले निस्पट्ट अध्यारो छ भने साईड लाईट पनि बाल्न सक्नुहुन्छ ।

तुलनात्मक रुपमा स्पीड कम गर्नुपर्छ ।

ओभरटेक गर्दा निकै ख्याल गर्नुपर्छ ।

ठूला सवारीको बिचमा घुस्ने काम गर्नुहुँदैन ।

हिउँ परेको बेला सवारी हाँक्दा चिप्लने र ‘आउट अफ कन्ट्रोल’ हुने हुँदा विचार पुर्याउनुपर्छ ।

सडकमा हिड्दा म मेरो कारण कुनैपनि हानी नोक्सानी र क्षति पुर्याउँदिन भन्ने मनोभाव राखेर हिड्नुपर्छ ।

मोटरसाइकलको क्षमताभन्दा बढी भारी सामान र मानिस नबोक्ने

अत्याधिक कुहिरो र हुस्सुबाट लागेका बेला के गर्ने ?

विहान र साँझ घरबाहिर निस्किँदा मास्क र न्यानो कपडा प्रयोग गर्ने।

सवारीसाधन चलाउँदा बाक्लो न्यानो र हावा नछिर्ने कपडा लगाउने विशेषगरी हात, घाँटी, पुरा छोप्ने कपडा लगाउने ।

घाम लागेतापनि चिसोबाट बच्न न्यानो कपडाहरु लगाउने ।

घरमै बस्दा पनि न्यानो र तातो ठाउमा बस्ने । तर हावाको निरन्तर ओहोरदोहोर हुने स्थानमा बस्नुपर्छ ।
तातो पानी, तातो झोल पदार्थ, सुप प्रशस्त पिउने ।

हुस्सु लागेको छ भने सवारीसाधनहरुले लाईट बालेर हिँड्नुपर्छ ता कि बाटोमा अन्य सवारीसाधनहरुलाई देख्न सकियोस् ।

विहान पर्ने तुसारोमा पनि चिसो हुनाले ह्याण्डिल राम्ररी समातिदैन । तसर्थ ‘स्पीड’ निकै कम गर्नुपर्छ ।

बालबच्चा, बिरामी तथा वृद्धवृद्धाहरुलाई न्यानो स्थानमा राख्नुपर्छ ।

यसअघि प्रकाशित यो पनि पढ्नुहोस् : 

हेल्मेट कस्तो छ तपाईको ?

त्यसमाथि दुईपांग्रे सवारी चालकका लागि अनिवार्य सर्त हो हेलमेट । हेलमेट चालकको टाउकोको सुरक्षाका लागि निकै महत्वपूर्ण मानिन्छ । त्यसैले दुईपांग्रे सवारी साधन चलाउनेका लागि हेलमेट अनिवार्य छ । तर हामीमध्ये धेरैजसो ट्राफिक नियमको पालना गर्नका लागि मात्रै हेलमेट लगाउने गर्छौ ।

यसैको कारण हुनसक्छ दुईपांग्रे सवारी चलाउनेहरुमा नेपालमा सस्तो हेलमेट प्रयोग गर्ने बानी नै बसेको छ । सस्तो हेलमेट यहाँ यसअर्थ भनिएको हो, कि यसमा गुुणस्तरीयता कमै हुन्छ । नेपालमा ५ सयदेखिकै हाराहारीम हेलमेट पाइन्छ ।

तपाईहामीमध्ये धेरैलाई यो कुरा थाहा छैन कि, हामी दुुई पांग्रे सवारीसाधन प्रयोगकर्ताले कतिसम्म लापरबाही गरिरहेका छौँ ।
हो, धेरैजनाले प्रयोग गर्ने हेलमेट गुुणस्तरशुन्य हुन्छ । टाउकोको सुुरक्षा त यो हेल्मेटले गर्दैन नै साथमा आँखा पनि नदेख्ने बनाउँछ ।

गुणस्तरिय हेल्मेटको प्रयोग गरि मोटरसाइकल तथा स्कुटर चलाएको खण्डमा दुर्घटनाबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न सकिने विज्ञहरु बताउँछन् ।

मोटरसाइकल वा दुईपांग्रे सवारीको दुर्घटनाको समयमा राइडरलाई सबैभन्दा पहिले टाउकोमा चोट लाग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

मानव शरिरको सबैभन्दा संवेदनशील अंग टाउकोमा गहिरो चोट लाग्दा मानिसको ज्यान जाने संभावना उच्च हुन्छ । यस्तो अवस्थामा सुरक्षित र गुणस्तरिय हेल्मेट प्रयोग गरियो भने टाउकोमा हुने चोटका कारण मानिसको ज्यान जोगाउन सकिन्छ । त्यसैले हेल्मेटलाइ राइडरको सुरक्षा कवच मानिन्छ ।

गुणस्तरिय हेल्मेट कसरी छान्ने ?

सामान्यतया सबै हेलमेटको बाहिरी सिल कडा हुनुपर्छ ।

सो सिल भेन्टीलेटर, कम्फर्ट र सहि सेपको हुनुपर्छ।

त्यसको आउटर प्याड सुरक्षित हुनुपर्छ।

घस्रिदा तथा लड्दासमेत नकोरिने खालको हुनुपर्छ ।

हेल्मेटको अप एण्ड डाउन भिजन र होरिजेन्टल पनि गुणस्तरीय हुनुपर्छ ।९आफ्नो टाउकोको आकारअनुसार फिट हुने हेलमेटको प्रयोग गर्नुपर्छ ।

नक्कली हेलमेट पनि बजारमा पाइने हुँदा कुन देशको कुन कम्पनीको हेलमेट कुन गुणस्तरको हुन्छ भन्नेमा चनाखो रहनुपर्छ ।
हेल्मेट लगाउँदा कुनै आवाज आउँछ कि आउँदैन त्यो कुरामा ध्यान दिनुपर्छ ।

फोटोमा हेर्नुहोस् तपाईको हेल्मेटमा यस्तो छ ?

यदि तपाईँले लगाउँदै गरेको हेल्मेट गुणस्तर युक्त छ भने त्यसबाट हेल्मेट लगाउँदै गर्दा कुनै आवाज निस्किन्छ । गुणस्तरहिन छ भने उक्त हेल्मेटबाट आवाज निस्कदैन।

प्रयोगकर्ताले सुरक्षित रहन के कुरामा ध्यान दिने ?

आफूले प्रयोग गर्दै आएको हेलमेट लामो समयसम्म नधुँदा कपाल झर्छ, छालामा एलर्जी आउँछ, टाउको चिलाउँछ । शारिरिक मात्र नभइ मानसिक रुपमा पनि स्वस्थ रहन आफूले लगाउने कपडाझैँ हेलमेटको भित्रीभाग निकालेर समय समयमा राम्रोसँग धुनुपर्छ ।

दुईपांग्रे सवारी चालकका १२ गल्तीहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

ओभरस्पीड /हतारमा हाँक्नु : ट्राफिक प्रहरीको निकै पुरानो एउटा स्लोगन छ, ‘बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न ।’ सम्भवत सबैलाई थाहा छ यो स्लोगन । तर यो कुरा मनन गर्ने कमै छन् । अधिकांश दुर्घटनाको कारण हुन्छ चालक हतारमा हुनु । हो, समय हुनुजेलसम्म हामी आराम गर्छौ । गन्तव्यको बारेमा सोच्दैनौँ , जब सडकमा निस्कन्छौँ तब हामीलाई सबैभन्दा पहिले पुग्नुपर्छ । रोड मेरो हो भन्ने भाव हामीमा आउँछ । यो चालकको पहिलो गल्ती हो । त्यस्तै बाटोको अवस्था नहेरी मनलाग्दी स्पीड बटार्नु पनि दुर्घटनाको कारण बन्छ । बिग्रेका बाटो, भर्खरै खनिएका बाटो, निर्माणाधीन सडक, चिप्लो बाटो, माटो थुप्रिएको बाटो, व्यस्त सडक , हाईवे, सब वे, विद्यालय क्षेत्र, बस्ती क्षेत्र आदीबारे चालकले खासै ध्यान नदिएर मनलाग्दी दौडीँदा पनि दुर्घटना भइरहेको ट्राफिक प्रहरी बताउँछ ।

लेन मिच्नु : अनावश्यक ओभरटेक गर्नु अरु सवारीलाई जित्नैपर्छ भन्ने भाव राखेर हाँक्नु

अनावश्यक हर्न बजाउनु
बच्चालाई अगाडी राखेर हाँक्नु वा दुई जनाको बिचमा बच्चालाई राखेर हाँक्नु

ओभरलोड गर्नु सामान ओसारपसार गर्नु
स्टप जोन, जेब्राक्रसिङ स्पीड ब्रेकरबारे जानेर पनि साबधानी नअपनाउनु
मोबाईलमा गफिँदै हिड्नु, बाईकमा सँगै रहेका साथी सँग गफिएर सडकमा ध्यान केन्द्रित नगर्नु
तनावमा सवारी हाँक्नु
एम्बुलेन्स दमकल वा अत्यावश्यक सवारीको पछीपछि कुद्नु
मापसे गरी सवारी चलाउनु
सवारी चेकजाँच नगर्ने, हेल्मेटविना बाईक हाँक्ने, कागजपत्र नबोक्ने, बिनालाईसेन्स सडकमा हाँक्नु
हरेक वर्ष हजारौँ नेपालीहरुले सडकको सही प्रयोग गर्न चुकेका कारण मृत्युवरण गर्न परेको तथ्यांकले देखाउँछ । मृत्यु अवश्यम्भावी छ । तर ‘बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न’ भनेझैँ आफ्नै कारण निम्तने यस्ता दुर्घटनाले हामीलाई अंगभंग बनाउन सक्छ । जीवनभर पश्चातापमा बाँच्नुपर्ने बनाउनसक्छ । सोचौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?