दुई महिनादेखि बेपत्ता ज्याक मा भिडियो कन्फ्रेन्समा देखिए, उनले के भने ?

काठमाडौं । दुई महिना यता बेपत्ता रहेका एशियाका धनी व्यक्तिको सूचीमा रहेका अलीबाबाका मालिक ज्याक मा भिडियो कन्फ्रेन्समा देखिएका छन् । उनी हालै एक भिडियो कन्फ्रेन्समा देखिएका हुन् ।

jack ma

चीनको सरकारकी समाचारपत्र ग्लोबल टाइम्सले एक भिडियो जारी गरेको छ । उनले बुधवार चीनका १०० ग्रामिण शिक्षकसँग भिडियो कन्फ्रेन्समार्फत् संवाद गरेका थिए ।

उनले संवादमा कोरोना भाइरस सकिएपछि फेरि भेट्ने बताएका छ्न । उनले अक्टोबर २०२० मा चीनको वित्तिय नियामक र सरकारी बैंकको आलोचना गरेका थिए । जसपछि उनी बेपत्ता भएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?