राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्याण्डमा एक महिलालाई ४३ वर्ष कैद सजाय

बीबीसी । राजपरिवारको आलोचना गरेको आरोपमा थाईल्यान्डमा एक महिलालाई ४३ वर्षको कैद सजाय सुनाइएको छ। आन्चन भनेर चिनिने ६३ वर्षीया ती पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडिओ पोडकास्टका क्लीपहररु शेअर गरेकी थिइन्। उनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा ती क्लीपहरू शेअर गरेकी थिइन् ।

सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो। तर उनले दोष स्वीकारेकोले सजाय आधा घटाइएको बीबीसीले जनाएको छ ।
सन् २०१४ मा सेनाले सत्ता कब्जा गरेपछि राजतन्त्रको अपमान गरेको मुद्दा खेप्ने १४ जनाको समूहमध्ये उनी पनि पर्छिन्। उनीहरुमाथि विभिन्न २९ आरोप लगाइएको छ । राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो।

उनीहरूविरुद्धको मुद्दा बन्द इजलासमा चलेको थियो । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उनीहरूविरुद्धको ‘प्रमाण’ समेत गोप्य नै राखिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?