दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध हुने

एजेन्सी । दक्षिण कोरिया सरकारले कोरोना विरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने सबै स्वदेशी तथा विदेशीलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले पत्रकार सम्मेलन गर्दै कोरोनाविरुद्वको खोप कोरियामा रहने सम्पूर्णलाई निःशुल्क प्रदान गर्ने जानकारी गराएका हुन् ।

कोरियाली सरकारको यो निर्णयसँगै त्यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्ने भएका छन् । यसअघि आफ्ना नागरिकलाई मात्र खोप निःशुल्क प्रदान गर्ने बताएको दक्षिण कोरियाली सरकाले विदेशी नागरिकलाई पनि खोप निःशुल्क निर्णय गरेको हो ।

यद्यपि अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने अहिलेसम्म कुनै निर्णय नभएको कोरियाली सञ्चारमाध्यमलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?