नेपालमा कोरोना : थप ३४८ जनामा संक्रमण पुष्टि, मृतक संख्या १ हजार ९६९ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९६९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४४१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ ।

अहिलेसम्म नेपालमा २० लाख २१ हजार ७१४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १९० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?