बाइडेनको शपथग्रहण भन्दा पहिला अमेरिकामा हाई अलर्ट, वाशिङटन डिसीमा २५ हजार सैनिक तैनाथ

काठमाडौं । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस बुधवार (२० जनवरी) मा शपथ लिँदैछन् । शपथ ग्रहणमा हिंसा भड्किने आशंकाका कारण अमेरिकामा हाई अलर्ट जारी गरिएको छ ।

राजधानी वाशिङन डिसीमा २५ हजार जवान तैनाथ गरिएको छ ।

राजधानीमा हजारौँ संख्यामा पुलिसकर्मी र सुरक्षा एजेन्सीका कर्मचारी रहने बताइएको छ ।

हिंसाको सम्भावना ५० राज्यमै भएकोले सुरक्षा कडा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?