फिलिपिन्सले ३० देशमाथि ३१ जनवरीसम्मका लागि यात्रामा प्रतिबन्ध लगायो

काठमाडौं । फिलिपिन्सले ३० देशमाथि यात्राको प्रतिबन्ध लगाएको छ । सरकारले यो प्रतिबन्ध ३० देशका लागि ३१ जनवरीसम् रहने बताएको हो । यो भन्दा पहिलो यो प्रतिबन्ध १५ जनवरीसम्मका लागि थियो ।

यो फैसला फिलिपिन्स सरकारले बेलायतसहित नयाँ कोरोना भाइरसको स्ट्रेन देखिएका ३० देशमा लगाएको हो । अब फिलिपिन्सका नागरिक यी ३० देशमा जान नपाउने भएका छन् ।

यसमा अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आयरल्याण्ड, इजरायल इटली, जापान, नर्वे, ओमान, पाकिस्तान, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, बेलायत आदि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?