भारतका दुई स्वास्थ्यकर्मीको मृत्युको कारण खोप नभई हृदयघात

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिवार कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको आइतवार र सोमवार मृत्यु भएको हो । तर उनीहरुको मृत्यु भने कोरोनाको खोपका कारण नभएको पुष्टि भएको छ ।

उनीहरुको मृत्यु हृदयघातका कारण भएको बताइएको छ ।

उनीहरुले शनिवार कोरोनाविरुद्धको खोप लिएका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतवार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो भने शनिवार खोप लिएका कर्नाटकका ४३ वर्षीय अर्का स्वास्थ्यकर्मीको सोमवार मृत्यु भएको थियो ।

विज्ञहरुले दुवै जन स्वास्थ्यकर्मीहरुको मृत्यु हृदयघातका कारण भएको र उनीहरुको मृत्युमा कोरोना खोपको कुनै प्रभाव नरहेको बताइएको छ । भारतमा शनिवारबाट वृहत खोप अभियान शुरु भएको थियो ।

अहिलेसम्म भारतका तीन लाख ८१ हजार स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप लिइसकेको बताइएको छ ।

कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ५२ हजार ५९३ जनाको मृत्यु भइसकेको छ भने १ करोड ५ लाख ८२ हजार ६४७ जनालाई कोरोना संक्रमण भएको छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?