ट्रम्प आफ्ना उत्तराधिकारी बाइडेनको शपथ ग्रहणमा नजाने चौथो राष्ट्रपति, कतिबजे हुँदैछ शपथ ग्रहण ?

काठमाडौं । २० जनवरी अर्थात् भोलि अमेरिकामा नयाँ नेतृत्वले सत्ता सम्हाल्ने छ । भोलि जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा सत्ता शपथ लिँदैछन् ।

बाइडेन बुधवार दिउँसो १२ बजे, नेपाली समयानुसार राती १०ः४५ बजे शपथ लिँदैछन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने शपथ ग्रहण कार्यक्रममा नजाने बताइएको छ ।

उनले लोकतान्त्रिक परम्परा तोड्न सक्ने बताइएको छ ।तर उपराष्ट्रपति माइक पेन्स भने समारोहमा सहभागी बन्ने बताइएको छ । अहिलेसम्म अमेरिकी नेतृत्वमा तीन राष्ट्रपतिहरु आफ्ना उत्तराधिकारीको शपथग्रहण कार्यक्रममा गएका छैनन् ।

१९०१ मा जोन एडम्स, १८२९ मा उनका छोरा जोन क्वीन्सी एडम्स र १८६९ मा एण्ड्र्यू जोनसन उत्तराधिकारीको शपथ ग्रहणमा सामेल भएका थिएनन् ।

यदि ट्रम्पले पनि भोलि हुने शपथ ग्रहण कार्यक्रममा भाग नलिएको खण्डमा उनी अमेरिकाको इतिहास आफ्ना उत्तराधिकारीको शपथ ग्रहण कार्यक्रममा भाग नलिने चौथो राष्ट्रपति बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?