पाकिस्तानविरुद्ध काश्‍मीरमा बृहत प्रदर्शन, पाकिस्तानको अधिनमा काश्‍मीर हुन नसक्ने माग

काश्‍मीर । पाकिस्तानविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन गरिएको छ ।

No description available.

पाकिस्तान सरकारले गरेको मानवअधिकार उल्लंघन र गलत व्यवहार र कुशासनविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन गरिएको हो ।

No description available.

पाकिस्तान सरकारले एकाएक महँगी बढाएको, भ्रष्टाचार गरेको र नागरिकहरुलाई अनावश्यक पक्राउ गर्ने र आन्दोलन दबाउन खोजेको भन्दै मंगलवार बृहत प्रदर्शन गरिएको हो ।

No description available.

गत एक महिनादेखि पाकिस्तानमा सरकारको कुशासनविरुद्ध प्रदर्शन गरे पनि पाकिस्तानी सेना र सरकारले आन्दोलनलाई दबाउने काम गरिरहेको थियो ।

आफ्ना माग पूरा गर्नुपर्ने भन्दै गरिएका शान्तिपूर्ण आन्दोलनहरु दबाउन खोजेपछि थप आन्दोलनहरु चर्किएका हुन् । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी गर्नुका साथै पुलहरुसमेत भत्काएका छन् । उनीहरुले काश्‍मीर पाकिस्तानको नभएको र आगामी हुन नसक्नेसमेत बताएका छन् ।

केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा समेत लिएको छ । यसअघि जनवरी १३ मा पनि काश्‍मीरमा बृहत प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?