डब्ल्यूएचओद्वारा १३ देश र आइल्याण्ड्सलाई कोरोना मुक्त घोषणा

काठमाडौं । विश्वमा कोरोना भाइरसको कहर जारी छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आफ्नोसाप्ताहिक रिपोर्टमा विश्वका १३ देश र आइल्याण्ड्सलाई कोरोना मुक्त घाषित गरेको छ ।

संसारका १३१ देशमा संक्रमणको कम्युनिटी ट्रान्समिशन भइरहेको छ ।अमेरिका, पाकिस्तान, ब्राजिल, यूके, फ्रान्स जस्ता देश यसमा सामेल छन् । भारत भने क्लस्टर्स अफ केसको क्याटेगरीमा छ ।

विश्वमा जनवरीका यी १८ दिनमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने धेरै कोरोना संक्रमितको मृत्यु भएको छ ।

८ जनवरीमा सबैभन्दा धेरै ८ लाख संक्रमित फेला परेका थिए । त्यस्तै १३ जनवरीमा सबैभन्दा धेरै १६ हजार ५३७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?