फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा भारतमा १३ को मृत्यु

मुम्बई । भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । गुजरातको कोसाम्बामा ट्रकले किचेर १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य ६ जनाको अवस्था गम्भिर रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ट्रकको ठक्करका कारण आसपासका ४–५ वटा पसलमा समेत क्षती पुगेको छ ।

ट्रक उखु भरेको ट्र्याक्टरसँग ठोक्किँदा ट्रकका ड्राइभरले नियन्त्रण गुमाएको र ट्रक फुटपाथमा चढेको प्रहरीको अनुमान छ । प्रहरीले ट्रक र ड्राइभरलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?