केयूको उपकुलपतिमा माकाजु, थापा र लुईंटेलको नाम सिफारिस

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समितिले प्रा.डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको समितिले प्रा.डा माकाजु, केयूका पूर्वरजिष्ट्रार प्रा.डा. भोला थापा र शिक्षा विभागका प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको हो ।

सोमबार शिक्षा मन्त्रालयमा बसेको समितिको बैठकले झण्डै चार दर्जन आकांक्षीहरुमध्येबाट तीन जनाको नाम सिफारिस गरेको हो । माकाजुले केयूको उपकुलपतिको रुपमा लगातार दोस्रो कार्यकाल पूरा गरिसकेका छन् । पछिल्लो कार्यकाल यही माघ १० गते सकिनै लाग्दा माकाजु विश्वविद्यालयमा तेस्रो कार्यकालका लागि समेत उपकुलपति बन्ने प्रयासमा छन् ।

एउटै व्यक्तिलाई दुई भन्दा बढी कार्यकाल उपकुलपतिको जिम्मेवारी दिन नहुने भन्दै विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी बिरोधमा छन् । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले ‘एक व्यक्ति एक पद, अधिकतम दुई कार्यकाल’ हुनुपर्ने माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?