विश्व नैतिक विफलताको नजिक पुग्यो: डब्लूएचओ

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले विश्वका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि ‘लाइन नमिच्न’ आग्रह गरेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने चेतावनी दिएका छन् । शक्तिशाली देशहरुको शैलीले खोपको मूल्य र जम्माखोरी बढ्ने उनले चेतावनी दिएका छन्।

चरम नैतिक सङ्कट

डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए।

उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन्।

सोमवार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, “मैले केही खरो बोल्नु पर्ने भएको छ: विश्व नैतिक विफलताको डिलमा पुगेको छ – अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ।”

आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, “अन्तत: यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ।”

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?