ऐतिहासिक साङ्ला पोखरी निर्माण

RSS
0
Shares

काठमाडौँ । तारकेश्वर नगरपालिका–१ स्थित साङ्लामा ऐतिहासिक साङ्ला पोखरी निर्माण गरिएको छ । करिब एक रोपनी जग्गामा फैलिएको सो पोखरी नगरपालिकाको ३९ लाख बजेटमा निर्माण सम्पन्न भएको नगर प्रवक्ता विदुर सापकोटाले जानकारी दिए ।

पोखरीको गहिराइ पाँच मिटर छ । धेरै वर्षअघि सङ्लो पानी बग्ने गरेकाले पछि साङ्लो खोला भन्ने नामकरण रहन गएको ऐतिहासिक मान्यता छ । उक्त पोखरीसँगै ऐतिहासिक उद्यान पनि निर्माण हुने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?