यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका भू-भागहरुमा भने यतिखेर हुस्सु र कुईरो लागेको छ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ।

यस्तै आज राती प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?