डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । सोमवार रातिदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टीतेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललार्य यथावत नै राखिएको निगमले जनाएको छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?