किसानले अझै पाएनन् उखुको भुक्तानी

काठमाडौँ । सरकारले किसानसँग सम्झौता गर्दै २१ दिनभित्र उखु किसानका सबै भुक्तानी दिने प्रतिबद्धता गरे पनि पूर्णरूपमा भुक्तानी पाउन सकेका छैनन् । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले तोकिएको समयभित्र किसानले भुक्तानी पूर्ण रूपमा नपाएको बताए ।

पाउनुपर्ने ६५ करोडमध्ये ४३ करोड मात्रै भुक्तानी पाएका छन् । किसानले अझै २२ करोड पाउन बाँकी छ । अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले खबर लेखेका छन् । संघर्ष समितिका सचिव रायले सरकारले दिएको समय माघ ४ गते सकिएकाले माघ ६ गते मंगलबार बैठक बसेर रणनीति तय गर्ने बताए । यो समाचार आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?