काठमाडौं । सरकारी मातहतमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो लक्ष्य अनुसार धान किन्न सकिरहेको छैन ।कम्पनीले चालू आर्थिक वर्ष (आव)का लागि देशभरका खरीद केन्द्रबाट कुल ६० हजार मेट्रिकटन (मेटन) धान किन्ने लक्ष्य राखेको भए पनि हालसम्म २२ हजार ५ सय ५५ मेटन मात्रै धान किन्न सकेको छ ।
भण्डारण क्षमताको अभावका साथै किन्ने प्रक्रिया नै ढिलो गरी शुरू भएकाले कम्पनीले आप्mनो किन्ने लक्ष्य भेट्न नसक्ने देखिएको छ । गत आवमा पनि कम्पनीले आफ्नो लक्ष्यअनुरूप धान किन्न सकेको थिएन । गत आवमा कम्पनीको किन्ने लक्ष्य ३० हजार मेटन भए पनि करीब २१ हजार १ सय ६४ मेटन मात्र धान किनेको थियो ।
सार्क खाद्य भण्डारका लागि नेपालको हिस्सा अनुसार पनि कम्पनीले धान खरीद गर्नुपर्छ । आपत् विपद्का समयमा तत्काल आपूर्ति गर्न र दुर्गम स्थानहरूमा खाद्यान्न पुर्याउन सरकारले आफूसँग खाद्यान्न मौज्दात राख्ने गर्छ । सोहीअनुरूप कम्पनीले हरेक वर्ष देशभर रहेका आफ्ना विभिन्न खरीद केन्द्रमार्फत धान र गहुँलगायत मुख्य खाद्य बालीहरू किन्दै आएको छ ।
कम्पनीका महानिर्देशक नेत्र सुवेदीले माघ महीनाभरि धान किन्ने काम जारी रहने भए पनि लक्ष्यअनुरूप किन्न नसकिने जानकारी दिए । ‘एक त कम्पनीले खरीद प्रक्रिया नै ढिलो गरी शुरू गर्यो त्यसमाथि हामीसँग ठूलो मात्रामा खाद्यान्न भण्डारण गर्ने क्षमता नै छैन,’ उनले भने ।
खाद्य कम्पनीले बजारमा स्थानीय व्यापारीहरूले खरीद गरिरहेको मूल्यभन्दा बढी मूल्यमा धान किनिरहेको छ । खाद्यले ठूलो परिमाणमा धान किनेमा पछि बजार मूल्यसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले पनि लक्ष्यअनुरूप नकिनिने उनले बताए । आर्थिक अभियान दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया