ट्वीटरको एक्शन : ट्रम्पपछि यी रिपब्लिकन सांसदको अकाउण्ट बन्द

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन अबको एकदिनपछि अर्थात् २० जनवरीमा अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् ।

त्यो भन्दा अगाडि नै रिपब्लिकन पार्टीको तर्फबाट बिरोध शुरु भएको छ । चुनावमा धोका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कानूनी लडाई लडिरहेका छन् ।

अब ट्रम्पकै जसरी चुनावमा धोका भएको भन्दै जित हाँसिल गर्नका लागि रिपब्लिकन सांसद मरजोरी टेलर ग्रीनले प्रश्न खडा गरेकी छन् ।

जर्जियाबाट सांसद ग्रीनले ट्वीट गर्दै आफ्नो विचार राखेकी थिइन् । साथै उनले नश्लिय टिप्पणी गरेको र हिंसा भड्काउने कुरा गरेको भन्दै ट्वीटरले उनको अकाउण्ट अस्थायी रुपमा बन्द गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?