सामसुङका उपाध्यक्षलाई तत्काल जेल पठाउन अदालतको आदेश

काठमाडौं । भ्रष्टाचारको मामिलामा दक्षिण कोरियाको राजधानी सिओलस्थित एक कोर्टले सामसुङका उपाध्यक्ष ली जे यान्गलाई तत्काल जेल पठाउन आदेश दिएको छ ।

उनलाई दोषी ठहर्याउँदै अदालतले साँढे दुई वर्षको जेल सजाय तोकेको हो ।

उनीसँगै उनका साथी चोई सून सिल र सामसुङका पूर्व अध्यक्ष पार्क जियुन हेलाई पनि जेलको सजाय सुनाएको छ ।

कोर्टले तत्काल तीनै जनालाई जेल पठाउन आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?