प्रेमीसँग भेट्न नदिएपछि छोरीले गरिन् बुबाको हत्या, शव नगन्हाओस् भनेर छरिन् ‘परफ्यूम’

काठमाडौं । भारतको मध्यप्रदेशस्थित बैतुलमा एउटा यस्तो घटना भएको छ जसले सारा भारतमा सनसनी मच्चाएको छ ।त्यहाँ बस्ने एक युवतीले प्रेमीसँग बुबाले भेट्न जान नदिएको भन्दै बुबाकै हत्या गरेकी छन् ।

उनले साथीसँग मिलेर पिताको हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बैतूल जिले के सारणी इलाके में स्थित थाना

मृतकको नाम श्रीराम हुरमाडे रहेको छ । पुलिसले घटनाको अनुसन्धान गर्दा पिताले प्रेमीसँग कुरा गर्न भेट्न जान नदिएकोले हत्या गरेको पत्ता लागेको छ । शवलाई पनि कम्लले बेरेर घरको पछाडि रहेको झोपडीमा लुकाएको पत्ता लागेको छ ।

त्यसपछि शव कुहिएर नगन्हाओस् भनेर परफ्यूम छरेको कुरा पत्ता लागेको छ ।आरोपीहरु २१ वर्षका अनवर खान, १८ का शिखर र २० का अनिल सोनारिया रहेका छन् ।

ति युवतीलाई श्रीरामले कोहि नभएकाले आफैँले पालेर बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?