नेपाललाई कोरोना खोप उपलब्ध गराउने मोदीको प्रतिवद्धता, आपूर्तिको मिति घोषणा

लोकपथ संवाददाता
0
Shares
Prime Minister KP Sharma Oli shakes hands with his Indian counterpart Narendra Modi during a bilateral meeting in New Delhi on Saturday, February 20, 2016. Photo: twitter.com/narendramodi

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उत्पादन भएको कोरोनाविरुद्धको खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हुने दृढ प्रतिवद्धता व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्रीले नेपाललाई भारतमा प्रयोग गरिएका दुई वटा खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

आगामी साता उक्त खोपहरु आपूर्तिको तालिका घोषणा गरिने भएको छ । प्रधानमन्त्री मोदीको यो प्रतिवद्धता नेपाल(भारत संयुक्त आयोगको छैटौँ बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित बैठकमा भारतीय सकमक्षी एस जयशंकरले व्यक्त गरेका थिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका आलोचकहरुले परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई नकारात्मक रुपमा टिप्पणी गरिरहेका समयमा परराष्ट्रमन्त्री ज्ञवालीले भने आफ्नो कूटनीतिक वार्ता र मर्यादाले गर्दा भारतीयहरुलाई प्रभावित पारेका छन् ।

जनवरी १६ मा प्रधानमन्त्री मोदी कोरोनाविरुद्धको खोपको शुरुवातका लागि व्यस्त रहेकोले परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न सकेनन् । प्रधानमन्त्री मोदीकै आग्रहमा आफूपछिको वरीयतामा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीले भेट गरेका थिए ।

भारतले भुटान, बंगलादेश, म्यानमार, माल्दिभ्स जस्ता मुलुकहरुलाई पनि खोप उपलब्ध गराउने प्रतिवद्धताको प्राथमिकतामा राखेको छ । भारतले छिमेकी मुलुकहरुलाई सहयोगका गर्नका लागि आपत्कालीन प्रयोगमा आएका खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको हो ।

सरकारी वार्तालापका अनुसार ज्ञवालीले भारतीय विदेशमन्त्री जयशंकरलाई भारतीय खोप प्राप्त गर्न नेपालले तयार पारेको मोडलबारे नेपालका नियामकसँग वैदेशिक प्रतिष्ठानको भ्रमणका लागि स्वीकृति दिएकोसमेत जानकारी गराएका छन् ।

दुवै देशहरु चाँडै मेडिकल मोड्युलको प्रशिक्षणको बारेमा छलफल गर्न लागेका छन् । नेपालले पनि खोप प्राप्त गरेलगत्तै नेपालमा कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गरिरहेकाहरुलाई प्राथमिकतामा राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?