बेलायतबाट नेपाल फर्किएका तीन जनामा कोरोना भाइरसको नयाँ स्ट्रेन फेला

काठमाडौं । बेलायतबाट नेपाल आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) फेला परेको छ ।

केहि दिन अगाडि बेलायतबाट आएका ६ जनाको कोरोना परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ३ वटा नमूना परीक्षणका लागि पुस २७ गते विश्व स्वास्थ्य संगठनको स्हयोगमा हङकङ पठाइएको थियो ।

माघ ५ गते ईमेल मार्फत् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई रिपोर्ट पोजेटिभ आएको जनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।प्राप्त जानकारी अनुसार २८ वर्षीया महिला,६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा कोरोनाको नयाँ स्ट्रेन पाइएको हो ।

तीन जना मध्ये महिला र ३२ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आइसकेको मन्त्रालयले जनाएको छ ।६७ वर्षका पुरुषमा रिपोर्ट पोजेटिभ आएपनि लक्षण नदेखिएको बताइएको छ ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?