अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ४ लाख ७ हजार २०२ जनाको मृत्यु भएको छ भने २ रकोड ४४ लाख ८२ हजार ५० जनालाई संक्रमण भएको छ ।

त्यहाँ आईतवार मात्रै १ लाख ७४ हजार ५६० जनालाई संक्रमण भएको छ भने १ हजार ८४६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?