ब्राजिलमा अक्सफोर्ड र चिनियाँ भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति

काठमाडौं । कोरोनाबाट प्रभावित देशको सूचीमा तेश्रो नम्बरमा रहेको ब्राजिलमा अक्सफोर्डका कोरोना भ्याक्सिन र चीनको कोरोना भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिइएको छ ।

त्यहाँको हेल्थ रेग्युलेटरीले आईतवार एस्ट्राजेनेका अक्सफोर्ड र चिनियाँ कम्पनी सिनोभ्याकको कोरोना भ्याक्सिनलाई आपत्कालीनज प्रयोगको अनुमति दिएको हो ।

ब्राजिलमा अहिलेसम्म २ लाख ९ हजार ८६८ जनाको मृत्यु भइसकेको छ भने ८४ लाख ८८ हजार ९९ जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?