जलेश्वर उद्योग वाणिज्य संघमा सिंह

RSS
0
Shares

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा लवराजा सिंह विजयी भएका छन् ।

आज (सोमवार) बिहान सम्पन्न मतगणना परिणामअनुसार सिंहले आफ्ना प्रतिद्वन्द्वी दिपुकुमार साहलाई हराउँदै अध्यक्ष पदमा विजयी भएका निर्वाचन अधिकृत सुरेशकुमार लालले बताए । विजयी सिंहले ८८५ तथा प्रतिद्वन्द्वी साहले २०५ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा विनोदकुमार साह, महासचिवमा शिवचन्द्र चौधरी, सचिवमा रञ्जीतकुमार चौधरी र कोषाध्यक्षमा छेदी चौधरी विजयी भएका छन् । त्यसैगरी एक महिलासहित १० सदस्यमा आदित्यकुमार साह, चन्दनकुमार साह (क) चन्दनकुमार साह (ख), विजयकुमार साह, प्रदीपकुमार चौधरी, नारायणप्रसाद गुप्ता, सरोजकुमार चौधरी, सुवास बिच्छा, राकेशकुमार साह र विणाकुमारी साह विजयी हुनुभएको निर्वाचन अधिकृत लालले बताए ।

जलेश्वर उद्योग वाणिज्य संघको जम्मा १५ पदका लागि निर्वाचन भएकामा अध्यक्षमा विजयी सिंह एक जना पुरुष सदस्यबाहेक सबै पदमा समूहसहित नै विजयी भएका छन् । माघ ३ गते सम्पन्न जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा एक हजार २३० मतदाता रहेकामा एक हजार १३५ जनाले मतदान गरेका थिए । दुई दिनदेखि मतगणना हुँदै थियो र आज बिहान मात्रै सम्पन्न भएपछि परिणाम घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?