सोमवार चीनमा थपिए १०९ जना कोरोना संक्रमित

काठमाडौं । चीनमा आज (सोमवार) १०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार चीनमा सोमवार थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै चीनमा अहिलेसम्म ८८ हजार ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ केसहरु दिनप्रतिदिन बढीरहेका छन् ।

गत हप्तादेखि चीनमा कोरोना संक्रमितको संख्या १ सय भन्दा माथि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?